रुकुम पश्चिममा वर्षा सुरु भएदेखि हालसम्म विपत्बाट ५७ वटा पशुचौपाय मरेका छन् । बाढी, पहिरो तथा चड्याङका कारण हालसम्म जिल्लामा ५७ वटा पशुपौचाय मरेका हुन् । बाढी पहिरोबाट सबैभन्दा बढी बाँफिकोट गाउँपालिकामा २२ वटा बाख्रा मरेका छन् । विपत्बाट त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकामा भने पशुचौपायमा क्षती भएको छैन् । त्यस्तै मुसिकोट नगरपालिकामा विपत्बाट ११ वटा बाख्रा, एक वटा भैँसीको पाडो र एक वटा भेडा मरेको जिल्ला विपत् व्यवस्थापन समिति रुकुम पश्चिमले जनाएको छ ।
त्यस्तै आठविसकोट नगरपालिकामा चट्याङका कारण १४ वटा बाख्रा र १ वडा भैँसी मर्दा सानीभेरी गाउँपालिकामा ३ वटा बाख्रा र २ वटा भैँसी गरेर पाँचवटा पशुचौपाय मरेको जिल्ला विपद व्यवस्थापन समिति रुकुम पश्चिमका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षात सुरु भएदेखि हालसम्म बाढी पहिरोको कारण १६ वटा घर, १२ वटा उद्योग कलकारखाना तथा घट्ट र एक वटा विद्यालय पूर्णरुपमा क्षती पुगेको छ । भने ३ वटा घर आंशिक रुपमा क्षती भएका छन् ।
बाढी पहिरो तथा चट्याङको जोखिम अझै कायमै रहेकाले सुरक्षित र सर्तता अपनाउन जिल्ला विपत् व्यवस्थापन समिति रुकुम पश्चिमले सबैमा आग्रह गरेको छ,।।