रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका १ मठमा रुकुमकोट यातायात सेवा प्रालि र पूर्व अरनिको यातायात प्रालिको संयुक्त रुपमा शाखा सञ्चालमा ल्याएको छ । यात्रुलाई लक्षित गर्दै एसी तथा सुपर डिलक्स सहितको आरामदायी सेवा दिने उदेश्यले मठमा शुक्रबार देखि शाखा सञ्चालन ल्याएको होे । रुकुम पुर्वको रुकुमकोट स्थित प्रधान कार्यालयको सेवालाई विस्तार गरी यात्रुको सहजताको लागि शाखा कार्यालय मठबाट सेवा सुरु गरिएको रुकुमकोट यातायात सेवा प्रालिका अध्यक्ष लक्ष्मण घर्तीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अबदेखि मुसिकोट देखि दाङ, नेपालगन्ज, सुर्खेत, काठमाडौं सम्म फोर्स गाडी र ठूला बस तथा जिल्लाका विभिन्न रुटमा साना सवारीसाधन सञ्चालन हुने छन् । शाखा विस्तार भएसँगै यात्रुलाई छोटो तथा लामो दुरीको आरामदायी र भरपर्दो यात्र गर्न सहज हुने रुकुमकोट यातायात सेवा प्रालिका अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।
प्रालिले यसअघि रुकुमकोट प्रधान कार्यालयबाट मात्रै यात्रुका लागि आधिकारिक रुपमा टिकट काउन्टर सञ्चालन गर्दै आएको थियो । अव भन्ने रुकुम पश्चिमबाट यात्रुहरुले सेवा पाउनेछन् । पहिलो पटक रुकुम पश्चिममा शाखा कार्यालय स्थापना गरी सेवा सुरु गरे संगै अब देखि रुकुम पश्चिमका यात्रुले पनि भरपर्दो र आरमदायी सेवा पाउने प्रालिका उपाध्यक्ष गणेश कुमार शाहको बताउनुभयो । हाल अन्य प्रालिले एसी सहितको सेवा दिंदै आएकोमा आफूहरूले एसी तथा सुपर डिलक्स सहितको सेवा थप गरेको उहाँले बताउनुभयो ।
रुकुमकोट यातायात सेवा प्रालि र पूर्व अरनिको यातायात प्रालिले हाल ३५ भन्दा बढी सवारीसाधन मार्फत यात्रुलाई सेवा दिइरहेको जनाएको छ ।