डोल्पाबाट सुर्खेत जाँदै गरेको कर्णालीका मुख्यमन्त्री सवार हेलिकोप्टर रुकुम पश्चिमको आठबसिकोट नगरपालिकाको राडीमा आकस्मिक अवरण गरेको छ । डोल्पाको त्रिपुरा सुन्दरी दर्शन तथा एक मेलाको अवलोकन गरेर फर्किने क्रममा मुख्यमन्त्री कँडेल सवार हेलिकोप्टर लगातारको वर्षाका कारण आज दिउँसो साढे ३ बजेतिर राडीमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
मुख्यमन्त्री सवार सिम्रिक एयरको नाइन एन–एकेडी कल साइन भएको हेलिकोप्टर राडी स्थित एक खेल मैदानमा अवतरण गरेको प्रहरीको भनाई छ । हेलिकोप्टरमा मुख्यमन्त्री सहित उहाँकी श्रीमती, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख, सुरक्षा गार्ड र चालक सहित ५ जना सवार रहेको बताइएको छ ।
मुख्यमन्त्रीको टोली राडी बजारमा बसिरहेको र मौसम सफा भएपछि सुर्खेत फर्किने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । आज बिहानै देखि वर्षा भइरहेको छ । जसका कारण मौसम खराब भएको हो ।