Kakhara सबैको खबर सम्पूर्ण खबर
गर्भवती बाेकेकाे अर्काे हेलिकप्टर पनि खराव मौसमका कारण राडीमा आकस्मिक अवतरण 

डोल्पाबाट गर्भवती बोकेर जाँदै गरेको हेलिकप्टर रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ९ राडीमा आकस्मिक अवतरण गरिएको छ । आइतबार ४:२० बजे  खराव मौसमका कारण गर्भवती बोकेको नेपाली सेनाको हेलिकप्टर राडीमा आकस्मिक अवतरण गरिएको हो । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाकी २५ वर्षिया गर्भवती पदमीकुमारी बढालाई थप उपचारको लागि सुर्खेत लगिदै थियो । तर मौसम प्रतिकुल बनेपछि राडीमा हेलिकप्टर आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक  नवराज पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार गर्भवती बोकेको हेलिकप्टरमा गर्भवती बुढासहित एक जना आफ्न्त रहेका छन् । यसै विच खराब मौसमका कारण कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सवार हेलिकप्टर पनि साढे ३ बजे राडि स्थित रगंशालामा आकस्मिक अवतरण गरिएको थियो । 

डोल्पाबाट सुर्खेत जाँदै गरेको मुख्यमन्त्री सवार हेलिकप्टर डोल्पाको त्रिपुरा सुन्दरी दर्शन तथा मेलाको अवलोकन गरेर फर्किने क्रममा आकस्मिक अवतरण गरिएको थियो । मुख्यमन्त्री सवार सिम्रिक एयरको नाइन एन–एकेडी कल साइन भएको हेलिकप्टरमा  मुख्यमन्त्री कँडेलसहित उहाँकी श्रीमती, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख, सुरक्षा गार्ड र चालक सहित ५ जना सवार रहेको बताइएको छ ।

अहिले दुवै हेलिकप्टर राडीमै अवतरण गरिएका छन् । मौसम खुलेपछि आजै हेलिकप्टर सुर्खेत जाने बताएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update