Kakhara सबैको खबर सम्पूर्ण खबर
बुवाको मुख हेर्ने दिनको अवसरमा नबिनाद्वारा रक्तदान र बिरामीलाई फलफूल वितरण

जिल्ला अस्पताल रुकुम पश्चिमकी ल्याब इन्चार्ज बिएमएलटी नबिना बानियाँले बुवाको मुख हेर्ने दिनको अवसरमा रक्तदान गर्नुभएको छ । त्यस्तै उहाँले जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल समेत वितरण गर्नुभएको छ । उहाँले मानवी सुनारलाई ए बि पोजेटिभ रगत दान गर्नु भएको ब्लड बैङ्कका ल्याब टेक्निसियन पुष्कर केसीले जानकारी दिनुभयो ।

बोन म्यारो उत्पादन नहुने समस्या भएकी मानवीलाई मासिक रूपमा नियमित रगत चढाउनुपर्छ । त्यस्तै उपचाररत ३५ जना बिरामीलाई स्याउ, केरा, बिस्कुट र फ्रुटी वितरण गरेको बानियाँले बताउनुभयो । बुवाको मुख हेर्ने दिनमा सानो भए नि रचनात्मक काम गरेको उहाँले बताउनुभयो । काठमाडौँकी नबिना विगत २ वर्ष देखि जिल्ला अस्पतालमा कार्यरत हुनुहुन्छ ।  

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update