Kakhara सबैको खबर सम्पूर्ण खबर
कविताः स्मृति

तपाईंको त्याग,बलिदान र समर्पण 
गौरवपूर्ण र ऐतिहासिक छ ।
बिहानीको उषा झै 
नविनतम आदर्शको स्वर्णिम गन्तव्यमा छ ।
वैचारिक धरातलको पृष्ठभूमिमा
अनुपम विराट क्षमताको
एक संघर्षशील लोकप्रियतामा
आँखामा राखे पनि नबिझाउने 
एक जन युगपुरुषको 
गौरवपूर्ण महिमामा परिचित छ ।
व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर 
जनताको सेवामा समर्पित रही 
गरिबका सन्ततिहरुले रोजगार पाए मात्रै 
आफूले जागीर गर्ने भन्दै 
भएको जागीर समेत त्यागेर 
निरुकुंशताका विरुद्ध प्रतिवादको 
आवाज बुलन्द गरेर 
परिवर्तनको यात्री बनेर 
मोडेलपूर्ण नेतृत्व र मोर्चा सम्हालेको 
गौरवगाथा अजर अनि अमर छ ।
तपाईंको बलिदान भित्र 
निरुकुंशताका जन्जिरहरु चुडिएर 
गणतन्त्रका फूलहरु फूलिरहेका छन् ।
तपाईंको त्याग भित्र 
जनताको स्वतन्त्रता फूलिरहेको छ ।
तपाईंको समर्पण भित्र 
जनमतको आवाज दिग्विजय बनिरहेको छ ।
तपाईंको गौरवगाथा भित्र 
सबै खाले संसोधनवादले घुंडा टेकीरहेको छ ।
तपाईंको वैचारिकता भित्र 
सार्वभौमिकताको आदर्श आवाज बलियो बनिरहेको छ ।
साँच्चै ! तपाईंका
स्मृतिका गौरवपूर्ण पानाहरु 
त्याग,बलिदान र समर्पणले समर्पित छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update