म एक साधारण किसानको छोरो । गाउँको सरकारी विद्यालयमा पनि मुस्किलले पढ्ने अवसर प्राप्त गरेर दुईचार अक्षर चिन्ने मौका पाएको मान्छे । त्यसैले म यहाँ कुनै ठूलो विश्लेषक वा चर्चित ईतिहासकारहरुले जस्तै भएभरका धर्म र सम्प्रदायका बारे जरा देखी टुप्पो सम्मका बखानहरु ओकल्न जाँदै छैन । र स्वभाविकले मलाई चिन्ने जति तपाईं पाठकवर्गले पनि त्यो अपेक्षा राख्नु भएको पक्कै छैन, भन्ने लागेको छ । म जाँदै छु त केवल मेरो नाङ्गो आँखाले देखेको, मेरो यही ज्यानले भोगेको, गरेको र मानेको हामी मगर समुदायको प्रचलित र मौलिक धर्मको बारे लेख्न । जुन हाम्रो पुर्खाले, जुजुबराजुले चलाए/मनाए । जस्लाई हामी प्रकृति पुजक भन्ने गरेका छौँ । आशा छ जाँगर चलाएर अन्तिम सम्म नजर लगाउँनु हुने छ ।
पहिलो कुरा त म आफैमा एउटा कुनै पनि धर्मप्रति मनबाटै चासो र वास्ता नगर्ने मान्छे हुँ न विरोध नै गर्छु । तर आफ्नो जाती, वर्ग, समाज, पहिचान र राष्ट्रप्रति भने आफ्नो ठाउँबाट आफ्नै तरहले चासो र चिन्ता गर्ने मान्छे भने अवश्य हुँ । चाहे म जहाँ जस्तो अवस्थामा रहुँ त्यस्ले मलाई रोक्दैन र छेक्दैन पनि । पछिल्लो समय हाम्रो मगर समुदायमा हामी मगरहरुको धर्मको रणभुल्लताको प्रश्नले निकै पेचिलो गरेर बहसहरु सृजना गरेको छ । चाहे सामूहिक बैठक र भेटघाटहरुमा भन्नुस चाहे सामाजिक संजाल र मिडियामा भन्नुस् तर यो बहसले उचाई लिईरहेको छ । र यसलाई मैले स्वभाविक ठानेको छु । किन कि यो बहसको बिषय भएन भने हाम्रो पछाडीका पुस्ता पनि यही बहसमा अल्झिरहने छन् र उनिहरुलाई मगरहरुको धर्मबारेको रणभुल र अन्धाधुन्धताले नयाँ पाईलाहरु चाल्न डिस्ट्रव गरिरहने छ । त्यसैले यो हाम्रै पालामा प्रष्ट हुन जरुरी छ र राज्यले समेत सम्बोधन गर्न आवश्यक छ ।
हाम्रो मगर समुदाय अत्यधिक रुपमा पूजा गर्ने, ध्वजा धुप चढाउँदै सिमिभुमी ड्यौ(पित्रसँग बर(बर्दान माग्ने र सुरक्षाको लागि मात्मप्रार्थना गर्दै हिड्ने र चल्ने समुदाय । कतै टाढा वा एक दिनको यात्रामा निस्कँदा पनि घरभित्रको पित्रथानमा एकजुली सेतो रातो ध्वजा बाँधेर धुप चढाएर ढोग गरेर बल्ल पाईला चाल्ने समुदाय । तर मैले याद गरे देखी आज सम्म हामीले कुनै पनि मन्दिरमा पुजा गरेको याद छैन मलाई । हामी शिवलिंगलाई देख्ने पुज्ने ढोग्ने त के, शिवलिंग छ भन्ने पनि जान्दैनौँ । गणेश मन्दिर राम मन्दिर कुनै पनि हिन्दुधर्मका भगवान भनि मानिने र पुजिने पात्रहरुलाई हामीले चिन्दैनौँ, तिनका नाम समेत सुनेका हुँदैनौँ झन तिनका मन्दिर भन्ने कहाँ बाट देख्नु । यी सबै सबै नाम त्यतिबेला मात्रै सुन्छौँ र देख्छौँ जब हामी हाम्रो गाउँ जिल्ला छाडेर अन्त खसआर्य वस्ति रहेको ठाउँ पुग्छौँ अथवा सहर बजार आइपुग्छौँ । न त हामी जन्म, विवाह र मृत्युमा कुनै वाहुन वा लामा गुहार्छौँ । न घर विद्यालय जस्ता भवन शिलान्यास गर्दा वाहुन बोलाउँछौँ । हामीले बोलाउँछौँ त केवल हाम्रै देउपित्रले रोजेका र छोएका जैसीलाई बोलाउँछौँ, धामी झाँक्रीलाई पनि बोलाउँछौ । उनैले हाम्रो जन्मेदेखी मृत्युपर्यन्त सबै गरीदिन्छन् जुन हाम्रो धर्म र संस्कारमा छ ।
त्यसैले हाम्रो आफ्नै धर्म छ, विधि छ, संस्कार छ । हाम्रा चेलिबेटीहरु ४/५ बर्षको उमेर देखि नै चुरा पोते ललगाउँन थाल्छन् । सिन्दुर भन्ने पुर्खा दैखि नै थाहा छैन उहाँहरुलाई । दिदिबहीनीहरु बिहे नगरेको र गरेकोमा कुनै फरक भेटिँदैन । किन कि हिन्दुमा जस्तो बिहेपछी सिन्दुर सारी र पोते भन्ने हाम्रो धर्ममा छैन । तर पछिल्लो समय नयाँ जेनेरेशनका नानीहरुले हिन्दु समाजको प्रभावबाट देखासिखि गरेर सिन्दुर टल्काएर पनि हिड्न थालेको देखिन्छन् । वास्तवमा त्यो आयातित चलन हो । मगर धर्म र संस्कार बाहिर को चलन हो । त्यसकारण हामी न बुद्धको लाईन चाहान्छौँ न त हिन्दुको लाईन । हाम्रो आफ्नै लाईन छ जुन हाम्रो मगर जातिको उत्पति सँग सँगै सृजित भएको लाईन हो अर्थात धर्म हो । यो न बुद्धले सिकाएर सिकिएको हो, न हिन्दुका कुनै अमुक भगवान भनिएका पात्रहरुले सिकाएर सिकिएको हो । झन मुसुल्मानका महोम्मद रशुल्ला र ईसाईका जिसस् क्राईष्टको त कुरै नगरौँ तिनका छायाँ समेतको प्रभाव छैन यस प्रकृति पुजक धर्ममा । यो त यस धर्तिमा मगरहरुको उत्पति सँगै उठेको धर्म हो । अझ भनौँ मगरहरुको विल्कुल निजि संस्कार हो, धर्म हो । हामीलाई यसको माया छ । यस प्रति गौरव छ जस्ले हाम्रो बेग्लै पहिचान बनाएको छ ।
त्यसकारण हामीलाई अरु धर्मावलम्बीहरुले जस्तो( हाम्रो धर्म ग्रहण गर्नुहोस्, यता आउँनुहोस् यहाँ छिर्नुहोस् भनेर कसैलाई पनि कर गर्नु छैन, ठूलो धन राशी खर्च गरेर प्रचार गर्नु पनि छैन । किन भने यस प्रकृति पुजक धर्ममा अरु धर्मको जस्तो कुनै व्यापार हुँदैन । न त राजनीति नै छ । केवल हामीलाई हाम्रो जुजुबराजुले आर्जेको रितिथिति र धर्म संस्कारलाई निरन्तर अगाडी लैजानु छ तर कसैलाई बेच्नु छैन, वा बाँड्नु छैन । र यो कुल्चेर अर्काको धर्ममा लम्पसार पर्न जानु पनि छैन । अतः सकभर हाम्रो सम्पूर्ण मगर जाति सबैले यो हाम्रो पूर्खाको मिहेनत र दिल दिमागले सृजेको धर्म संस्कारलाई निरन्तरता दिउँ नछोडौँ भन्ने चैँ हाम्रो चाहना हो । विभिन्न युगको कालान्तरमा विभिन्न परिस्थितिवस् यो धर्म संस्कार विर्सनु भएका र छुट्नु भएका मगर जातिहरुले पनि यो अनुसरण गरून् भन्ने हो । कारण आखिर मगर त मगरै हो नि । एउटै रगत बगेको छ हामी सबै मगरहरुमा, एउटै पुर्खाका सन्तान हामी । तर यदी त्यो पनि सम्भावना भएन भने कम्तिमा आजको दिन सम्म जति मगरहरुले यो पूर्खाको विरासतलाई जोगाएर आउँनु भएको छ, अर्थात आएका छौँ ति सबै मिलेर यसको संरक्षण र उत्थान गर्ने गरौँ, त्यस तर्फ लागौँ भन्ने हामी सबै प्रकृति पुजक धर्मावलम्बी मगरहरुको चाहाना हो, आवाज हो । यसर्थ हामी अरु धर्म बोकेका मगर हरुलाई पनि हामी सँगै हातेमालो गर्न अनुरोध गर्दछौँ तर करकाप गरेर यही धर्म मान्नु पर्छ भन्ने चाहना भने राख्दैनौँ । किन कि आज थुप्रै मगरहरु कोही बौद्धिस्ट हुनु भएको छ, कोही ईसाई हुनु भएको छ, धेरै त खुलेआम हिन्दु नै भईसकेका छन् । उस्तै परे कतिपय मुसुलमान पनि बनेका होलान् । त्यसै पनि धर्म भन्ने कुनै पनि देश वा संस्थाले तोकेर लादेर मान्ने होईन । यो स्वतन्त्र रुपमा त्यस देशभित्रका राष्ट्रियहरुले आफ्नो स्व(इच्छाले जुन धर्म पनि मान्न पाउँनु पर्छ । हाम्रो मगर भित्रको यो धार्मिक विविधतालाई पनि यतिबेला कसैले चाहेर पनि अहिलेको अहिल्यै एकरुपता दिन सक्ने सम्भवना म देख्दिनँ र छैन । यो तितो सत्य हो ।
त्यसैले म फेरि भन्छु सकभर नेपालका करिब ३० लाख मगरहरु सकेसम्म हाम्रो विरासत बोकेको यस प्रकृति पुजक धर्ममा रहेर यस्लाई राज्यमै कानुनी रुपमा स्थापित गरेर नेपालमा प्रकृति पुजक धर्म पनि छ है १ जुन मगर जाति र समुदायले मान्ने गर्छन भन्ने बनाऊँ । अथवा अहिले तपाइहरु जुनजुन धर्ममा हुनुहुन्छ त्यहीँ रहनुस् त्यसमा हाम्रो आपत्ति छैन । किन भने समयले हामीलाई धार्मिक रुपमा निकै खण्डहर पारीसकेको छ । हामी खण्डित भएका छौँ । सम्भव त हिजोको यो देशका एकल जातिय शासकहरुको कारण नै यसो भएको हो यो ९अहिले यस लेखमा त्यता तिर धेरै जान चाहन्न ० । तर कम्तिमा यस धर्ममा आस्था राख्न छोड्नु भए पनि यसको विरोध चैँ नगरीदिनुस् । बरु मगर हुनुको नाताले हिजो तपाइहरु पनि यही पृष्ठभूमिबाट उठेको नाताले यसलाई नैतिक सहयोग गर्नुस् । र मगरहरुको खास पुर्खौली धर्म यही प्रकृति पुजक धर्म नै हो भन्ने कुरालाई छाति खोलेर स्विकार्नुस् र अरुलाई पनि सुनाउँनुस् , हामी यो भन्न चाहान्छौँ । तर मगरहरुको धर्म बुद्ध हो, यो मगर संघले पनि पारित गरीसक्यो भन्दै भुवा जतिको पनि ओजन नभएको तर्क नगर्नुहुन मेरो विनम्र अनुरोध छ । म प्रष्ट भन्न चाहान्छु कि धर्म भन्ने कुरा कुनै संघ संस्थाले सल्लाह गरेर र रोजेर हुने कुरा होईन । र मगर संघको काम नयाँ धर्म जन्माउँने पनि होईन । बरु मगर संघले त भएको र पूर्खाले मान्दै आएको धर्मको रक्षा र संरक्षण अनि संबर्द्धन गरेर लैजाने हो ।
मैले कतिपय मगर दाजुभाइले प्रकृति धर्म वैज्ञानिक छैन भन्ने गरेको सुन्छु । यस विषयमा म के भन्छु भने हो प्रकृति पुजक धर्ममा थुप्रै अन्धविश्वासहरु छन् । हरेक पुजापाठमा चोखो रक्सीको छिट्को छ्योट्टाउँनै पर्ने अझ भनौँ रक्सीको छिट्को विना प्राय पूजाहरु सम्भव हुँदैनन् । कुखुरा वा बोका पाठा पुजा गर्दा भने सुरुमा चाहिने त चोखो पानीनै हो तर भोक चढाइसकेपछी चोखो रक्सी अनिवार्य चाहिन्छ । थान, मठ, पित्रघर वा मस्ता जहाँ भए पनि पुजा पश्चात् रक्सी छ्योट्टाउँनै पर्ने चलन छ । समग्रमा भन्नु पर्दा थुप्रै अन्धविश्वास छन यस धर्ममा । तर मेरो मान्यता के हो भने वास्तवमा साँच्चै नै कुनै पनि धर्महरुले जीवन जीउँन कुनै तात्विक परिवर्तन र परिणाम दिने हुँदै होईन । जीवन जीउँन र परिवर्तन ल्याउँन त आफै रगत पसिना बगाएर, दिमाग घोटेर मिहेनत गर्नै पर्छ यसमा दुईमत छैन । अझ अलि कडासँग भन्नु पर्दा कुनै पनि धर्मले सारमा (देखिने गरी भौतिक जनजीवनमा) फरक पार्ने केही होईन । यहाँ आफ्नो धर्मलाई विज्ञानसंवत छ भनि खोक्नेहरु पनि कयौँ छन । तर खै त आज सारा विश्व कोभिड महामारीको संहारमा चिच्याईरहेको छ, छट्पटिरहेको छ कहाँ छ तिमीहरुको धर्म रु के हेरेर बसेका छन तिम्रा धर्मगुरुहरु रु कहाँ बिलाए जिसस् क्राईष्ट र त्यसका पुजारी पास्टरहरु रु कता छन हिन्दु धर्मका कयौँ भगवानहरु र गुरु बा भनिएका धार्मिक वाहुन तथा पुजारीहरु रु मानिसका घाँटी रेटी रेटी मनाउँने र प्रार्थना गर्ने गरेको तिम्रा अल्लाह् अनि महमेमद रसुल्लाह् कुन ब्रमाणडमा छन आज रु यो विपत्तिमा केही काम लाग्यो त ? यदि धर्म विज्ञान थियो भने यहाँ किन काम लागेन ?
विज्ञान भनेको के हो रु विज्ञान ठोस हुन्छ झुट हुँदैन । पार्दरशी हुन्छ र प्रष्ट हुन्छ तर कन्फ्युज अनि दोधार हुँदैन । विज्ञानले मानव जीवनमा प्रत्यक्ष प्रभाव देखाउँदछ तर विज्ञानसंवत भनिएका धर्महरुले के प्रभाव पारेका छन् रु आज कयौँ धर्मका कयौँ मानिसहरु गरीब छन्, भोकभोकै छन्, चोर भएका छन् डाँका भएका छन् । धर्मकै कारण हजारौको हत्या भएको छ । त्यस्तो कुनै धर्म छैन जुन धर्ममा दलालिकरण र तस्करी नभएको होस् । त्यसैले आजको २१ अौँ शताब्दीको युगमा साह्रै अशिक्षित भन्ने मानिसहरु सायदै छौँ । कम्तिमा के राम्रो के नराम्रो भन्ने छुट्याउँने त भएका छौँ । र यो चेत कुनै धर्मको कारण पाएका होईनौँ विज्ञानले दिएको चेत हो । त्यसकारण धर्म भनेको केवल एउटा आस्था हो । प्रक्रिया हो । अनुशासनमा रहेर चल्न बाँच्न ऊ बेलाका अलि बढी दिमाग भएका मानिसहरुले बनाएको एउटा साध्य हो । त्यो बाहेक धर्मले अरु कुनै लछारपाटो लगाउँने होईन जुन तपाईं हामीले देख्यौं भोग्यौं । भने पछी त्यो एउटा आस्था र विश्वास त हाम्रै पुर्खाले प्रतिपादन गरेको हाम्रो निरन्तरताको धर्ममा किन नराख्ने हामीले रु जहाँ हाम्रो सबैथोक गाँसिएको छ । बेकारमा किन अरुले सृजाएको धर्ममा विलय हुने रु फेरि मानिसले धर्म परिवर्तन गरे पछी स्वभाविकले संस्कार पनि परिवर्तन गर्ने गर्छन् । रितिथिति सबै परिवर्तन हुन्छ । त्यसो नगरे फेरि उता छिरिएको धर्मको प्रक्रिया पूरा हुँदैन । अनि अरु धर्म अनुसरण गर्दा आफ्नो पूर्खाको विरासत पोलेर खानु सरह हुन जान्छ भने हामीले किन धर्म परिवर्तन गर्ने रु कर्मको हिसाबले हामी जहाँसुकै पुगौं बसौं तर धर्मको काम र कुरा गर्दा हाम्रै पुर्खाले सिकाएको अनुसार चलौँ र निरन्तरता दिउँ भन्ने मेरो सुझाव हो । र यो पुस्तान्तरण गर्दै पनि जानु पर्छ जसरी पूर्खाहरुबाट हामी सम्म आईपुगेको छ ।
केही समय अघि काठमाण्डौँमा यही प्रकृति पुजक मगर समाज गठन भएको थियो । केही मगर हरुले त्यसमा आपत्ति जनाइरहेको देखिन्छ । तर मेरो अनुरोध छ, यसमा कुनै आपत्ति जनाउँनुपर्ने वा डराउँनु पर्ने कारण छैन । म यस नव गठित समाज सँग प्रत्यक्ष बोलेको त छैन तै पनि यसको लक्ष्य र उद्दश्य राम्रै सँग बुझेको छु । वास्तवमा यो अहिले समयले माग गरेको एक अपरिहार्यता थियो । विशेष गरी नेपालको रुकुम रोल्पा बाग्लुङ र म्याग्दी यि जिल्लाका बाक्लो मगर वस्तिहरुमा गएर हेर्यौँ भने प्रष्टसँग बुझ्न र देख्न सक्छौँ कि प्रकृति पुजक धर्म कस्तो रहेछ भनेर । तर बिस्तारै बिस्तारै यो हिन्दु प्रभावले निल्दै जाने ठूलो डर रहेको बेला त्यसको संरक्षण जागरण र प्रबर्द्धनको लागि आधिकारिक रुपमा एउटा टिम गठन हुनु सराहनीय पक्ष हो । यो समग्र मगर एकताको विरुद्धमा होईन र छैन । र हुनु पनि हुँदैन यो मलाई विश्वास छ । अन्तमा हामी जुन धर्ममा रहे पनि मगर हुनुको नाताले सँधै मगर एकताको पक्षमा एकजुट हुनै पर्छ । त्यसको लागि हामी सबैको साझा संस्था नेपाल मगर संघ छँदै छ । मगर संघको झण्डा मुनि हातेमालो गर्दै अघि बढौँ । तर धार्मिक आरोप प्रत्यारोप ले मगर मगर बिचको भाइचारा र एकता खल्बलिन नदिऊँ । र सके सम्म हरेक मगरले प्रकृति पुजक धर्मको अनुसरण जागरण गरौँ नभए अनाहकमा विरोध पनि नगरौं । यसमै हामी सबै मगरको भलाइ छ ।