रुकुम पश्चिममा पनि मावन बेचबिखन तथा ओसारपसार विरुद्धको १८ औँ राष्ट्रिय दिवस मनाइएको छ । बिहिबार जिल्ला सदरमुकाम खलंगामा प्रभातफेरी तथा मन्चको कार्यक्रम गरेर दिवस मनाएको हो । विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थी, शिक्षक, कर्मचारी, जनप्रतिनिधी तथा सुरक्षाकर्मीहरु लगायतको सहभागितामा कालिका मन्दिरबाट सुरु गरेको प्रभातफेरी कार्यक्रम तल्लो बजार, जिल्ला प्रशासन कार्यालय हुुँदै जिल्ला समन्यवको प्रागंणमा आएर मञ्चको कार्यक्रममा परिनत भएको थियो । प्रभातफेरी कार्यक्रममा सहभागिहरुले मावन बेचबिखन तथा ओसारपसार विरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड सहित बजार परिक्रमा गरेका थिए ।
मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य मिलन खड्ककाले मावन बेचबिखन तथा ओसारपसारको विरुद्धमा सवै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । पछिल्लो समय बालबालिकामा यसको वढी असर देखिएकाले अभिभावक पनि सचेत हुनुपर्ने कर्णाली प्रदेश सभा सदस्य खड्काले बताउनुभयो । मावन बेचबिखन तथा ओसारपसार विरुद्धको अभियानमा तिनै तहको सरकार गम्भिर भएर लाग्नुपर्ने उहाँको भनाई थियो । विभिन्न प्रलोभनमा पारेर मानव बेचबिखन तथा तस्करी हुने गरेका घटनारु उल्लेख गर्दै यसमा स्वयम व्यक्तिपनि चनाखो हुनुपर्ने बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसारका घटनाहरु थाहा पाए प्रहरी कार्यालयमा उजुरी दिएमा पनि मानव बेचबिखनका घटनामा कमी आउने प्रदेश सभा सदस्य खड्काले बताउनुभयो ।
जिल्लामा मावन बेचबिखन तथा ओसारपसारका घटनाहरु बाहिर नदेखिए पनि भित्रिरुपमा यस्ता खालका घटनाहरु हुनसक्ने भएकाले सुक्ष्म तरिकाले मानव अधिकारका क्षेत्रमा काम गर्ने सबै जिम्मेबार व्यक्ती लाग्नुपर्ने उहाँको भनाई थियो ।कार्यक्रमका सहभागिहरुले मावन बेचबिखन तथा ओसारपसार विरुद्धको अभियानमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य खड्काको प्रमुख आतिथ्यता रहेकामा जिल्ला समन्यव समितिका प्रमुख लुम्बिनी गौतमको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै जिल्ला समन्वय समितिका उप प्रुमख देवबहादुर विक, मुसिकोट नगरप्रमुख महेन्द्र केसी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोेखरेल, शसस्त्र प्रहरी बलका प्रमुख मदनबहादुर धानुक, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले गर्नुभएको थियो ।