Kakhara सबैको खबर सम्पूर्ण खबर
२७ जनामा परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि 

रुकुम पश्चिममा पछिल्लो २४ घण्टामा १९ जना कोरोना भाईरस (कोभिड–१९)का  संक्रमित फेला परेका छन् । २७ जनामा गरिएको परीक्षणमा १९ जनामा संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

जिल्ला अस्पतालमा १८ जनामा परीक्षण हुँदा १२ जनामा, सानीभेरी गाउँपालिकामा ६ जनामा परीक्षण हुँदा ५ जनामा र आठबीसकोट नगरपालिकामा ३ जनामा परीक्षण हुँदा २ जनाको नतिजा पोजेटिभ आएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलले जानकारी दिनुभयो । 

यो संगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५ सय ९ पुगेको छ । जसमा दोस्रो लहर सुरु भएपछिका संक्रमित २ सय ४७ जना रहेका छन् । जिल्लामा अहिलेसम्म ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update