Kakhara सबैको खबर सम्पूर्ण खबर
निजामती सेवा दिवसको अवसरमा कैदी तथा  विरामीलाई फलफुल वितरण 

रुकुम पश्चिममा निजामती दिवसको अवसरमा कैदिबन्दी र विरामीलाई फलफुल वितरण गरिएको छ । शुक्रबार जिल्ला कारागारमा रहेका कैदीबन्दी र जिल्ला अस्पताल सल्लेमा उपचारत विरामीहरुलाई फलफुल वितरण गरिएको हो । निजामती सेवा दिवस मुल समारोह समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको नेतृत्वमा फलफुल वितरण गरिएको हो । 

खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालय तथा जिल्ला अस्पताल सल्लेको आर्थिक सहयाेग तथा  निजामती सेवा दिवस मुल समारोह समितिको समन्वयमा कैदिबन्दी र उपचारत विरामीहरुलाई फलफुल वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला कारगारका कैदिबन्दीलाई ३० किलो स्याउ, २० दर्जन केरा वितरण गरिएको हो । त्यस्तै जिल्ला अस्पताल सल्लेमा उपचारत सबै विरामीलाई पुग्ने गरी प्याकेजमा ३० किलो फलफुल वितरण गरिएको उहाँले जानकारी दिनुभयाे ।

निजामती दिवसकै अवसरमा शिक्षा विकास समन्वय इकाईको प्रागंणमा विभिन्न प्रजातिका विरुवा समेत रोपिएको छ । फलफुल वितरण कार्यक्रममा निजामती सेवा दिवस मुल समारोह समिति  अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी पन्त, सहायक प्रमुख जिल्ला अधिकारी रेग्मी, खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालयका प्रमुख तेजनाराण महताे , जिल्ला न्यायादिवक्ता चन्द्रबहादुर सिजाली, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषी पाठक लगाएको सहभागितामा  रहेको थियो ।

निजामती सेवा दिवसको अवसरमा मुल समारोह समितिले खलंगामा बिहिबार महिला पुरुष ब्याडमिन्टन प्रतियोगिता समेत आयोजना गरेको थियो । 458669172_1551335622475193_4491533877253635345_n-1725622135.jpg458669172_1551335622475193_4491533877253635345_n-1725622135.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update