Kakhara सबैको खबर सम्पूर्ण खबर
के म फेसबुकमै बान्ता गरुँ ?

हिजोआज
फेसबुक चलाउनेहरू खुस्किँदारहेछन् कि
खुस्केकाहरूले फेसबुक चलाउँछन्  हँ ?
समयको यस दसगजामा
साँच्चिकै अनुत्तरित छु अहिले म,
दारु नखाइकन भन् !
ओई चित्रगुप्त,
यसबारे के सोँचिरहेछस् तँ !?

हुन त हरेक आशंकामा
आंशिक विश्वास अल्झिएको हुन्छ
हुन त हरेक विश्वासमा पनि
आंशिक आशंका बल्झिएको हुन्छ
अँध्यारोमा पनि त कतै उज्यालो लुकेको हुन्छ
उज्यालोमा पनि त अँध्यारो छुपेको हुन्छ
यही कुराले
मनको फिर्फिरे अझै कतै चलेको हुन्छ
परन्तु
किन यस्तो लाग्छ अचेल मलाई,
फेसबुकले मान्छे बिगार्‍यो या
मान्छेले फेसबुक बिगार्‍यो !
फेसबुक चलाउने मान्छे हेरी नसक्नु हुन् या
मान्छेले चलाउने फेसबुक हेरी नसक्नु ?
यही दुविधाले
मलाई अमन होला होला भैसक्यो
साँच्चिकै बमन होला होला जस्तो भैसक्यो
ओई
जुकर्बर !
के म फेसबुकमै एक डोज बान्ता गरुँ ?

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update