आगलागी
सिम्रुतुको एक पसलमा विद्युुत सर्ट भएर आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा विद्युत लाइनको तार सर्ट हुँदा एक वटा अस्थानी आवासमा सञ्चालन गरिएको किराना तथा खाद्यान्न पसल जलेर नष्ट भएको छ । शुक्रबार राती १० बजेतिर मेवालाल ओलीको अस्थायी आवासमा सञ्चालन गरिएको किराना तथा खाद्यान्न पसल जलेर नष्ट भएको हो । आगलागीबाट खाद्यान्न सामान र अस्थायी आवाससहित करिव ३० लाख रुपैयाँ बराबरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषी पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार राती १० बजे विद्युत लाइन सर्ट भएर लागेको आगो प्रहरी चौकी सिम्रुतु र स्थानीयले शुक्रबार राति ११ बजे नियन्तणमा लिएका थिए । आगलागिबाट मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालयका रुकुम पश्चिमले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१ ०९:२४
प्रतिक्रिया दिनुहोस्