रुकुम पश्चिमको चौरजहारी नगरसभा सदस्य धनकुमारी पुनको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार विहान ४ बजेको समयमा ४७ वर्सिया पुनको बाँकेको नेपालगञ्ज स्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नगरसभा सदस्य पुनको निधनप्रति दुख व्यक्त गर्दै चौरजहारी नगरपालिकाले परिवारजनमा सम्वेदना व्यक्त गरको छ ।
साथै उहाँको निधनमा सोमबार आज एक दिन शोक विदा गरिएको चौरजहारी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान बसेको आकस्मिक कार्यपालिकाको बैठकले शोक विदा दिने निर्णय गरेको हो । आकस्मिक सेवा बाहेक कार्यपालिकाको कार्यालय, सोअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था र शिक्षण संस्थाहरूमा समेत शोक बिदा दिइएको चौरजहारी नगरपालिकाले जनाएको छ ।
पुन स्थानीय तहको निर्वाचनमा वडा नम्बर १४ बाट महिला सदस्यमा निर्वाचित हुनुभएको थियो ।