रुकुमेली समाज जापानको कार्यसमिति निर्माण गरिएको छ । जापानमा रहेका रुकुमेलीहरुको भेलाले २५ जनाको कार्यसमिति निर्माण गरेकाे हाे । युवाहरु एकजुट भएर सामाजिक कार्य गर्ने उद्देश्यले समिति निर्माण गरिएको समाजका सचिव पूर्णबहादुर विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार तुफान केसीको अध्यक्षतामा रुकुमेली समाज जापानको कार्यसमिति निर्माण गरिएको छ । जसको वरिष्ठ उपाध्यक्ष रामबहादुर डाँगी, उपाध्यक्षमा निर्मला दाहाल महासचिवमा दीपक कुमार डाँगीलाई चयन गरिएको छ । त्यस्तै सचिवमा पूर्णबहादुर विष्ट, सहसचिवमा नरेन्द्र नकाल, कोषाध्यक्षमा बिनाराम विष्ट, सह कोषाध्यक्ष टेकम खड्का चयन हुनुभएको छ ।
रुकुमेली समाज जापानको सङ्गठन प्रमुखमा एक्कझकास नकाल, सल्लाहकारमा तिलक भण्डारी, नवराज पुन मगर र सुदीप चन्दलाई मनोनीत गरिएको सचिव विष्टले जानकारी दिनुभयो । त्यस्तै सदस्यहरूमा इन्द्रबहादुर नकाल, निर्मला डाँगी, नवीन विष्ट, बिराज पुन मगर, गौरव मगर, अर्जुन बिक, महेश नकाल, कुबेर भण्डारी चयन हुनुभएको छ ।
समाजको पहिलो बैठकले समितिको पदीय जिम्मेवारी बाँडफाँड गर्ने, विभागहरू विभाजन गर्ने निर्णय गरेको छ । त्यस्तै, रुकुम पश्चिममा सञ्चालन हुने खेलकुद प्रतियोगिता लगायत, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई आर्थिक सङ्कलन गरी सहयोग गर्ने निर्णय समेत गरिएको रुकुमेली समाज जापानले जनाएको छ ।