मलेसियामा गाडीको ठक्कटरबाट त्रिवेणी ५ का एक व्यक्तिको मृत्यु
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ खलडाँडाका ४२ वर्षीय काशीराम महरको साइकल दुर्घटनामा परी मृत्यु भएको छ । रोजगारीको सिलसिलामा मलेसिया पुग्नुभएका महरको मङ्गलवार बिहान डिउटी जाने क्रममा पेनाङ सहरमा साइकललाई विपरीत दिशातर्फबाट आएको गाडीले ठक्कर दिँदा मृत्यु भएको हो । अहिले महरले काम गर्ने कम्पनीले पोस्टमार्टमको लागि शव अस्पताल पुर्याएको बताइएको छ ।
शव नेपाल ल्याउनको लागि वडाको सिफारिस चाहिने भएकाले वडाबाट सिफारिस दिएको वडा अध्यक्ष रणबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार महर रोजगारीको सिलसिलामा डेढ वर्षअघि मलेसिया जानुभएको थियो । महरको घरमा श्रीमती र ३ छोरा छन् । शव नेपाल ल्याउनको लागि वडाको तर्फबाट पनि पहल भइरहेको वडा अध्यक्ष पुनले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१ १२:५९
प्रतिक्रिया दिनुहोस्