रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय नजिकै विमैचामा जिप हुँदा घाइते भएका दुई जना मध्य एक जनालाई थप उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइदै छ । बुधबार खलंगादेखि स्रिमुतु, विमैचा हुँदै बादरपानी जानेक्रममा लु १ ज १७०९ नम्बरको जिप दुर्घटना भएको थियो । उक्त जिपमा स्टाप सहित १२ जना सवार रहेका थिए । जसमा त्रिवेणी गाउँपालिका २ गैरिनेटाकी अन्दाजी २८ वर्षीया कल्पना केसी आलेमगर र त्रिवेणी २ बेतखोलाकी अन्दाजी ४० वर्षिया सपना परियार घाइते हुनुभएको थियो ।
घाइतेको अवस्था सामान्य रहेको तर टाउकोमा चोट लागेकाले थप उपचारको लागि केसीलाई एम्बुलेन्स मार्फत जिल्ला अस्पताल सल्ले पठाएको स्थानीय थमन बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमा अझै प्रहरी पुगेको छैन् । जिप मोडनेक्रमा ब्रेक फेल भएर सडक नजिकै पल्टिएको बताएको छ ।