कोरोना संक्रमणको जोखिम बढेको भन्दै रुकुम पुर्वको पुथाउत्तरगंगा गाउपालिकाले आवश्यक तयारी सुरु गरेको छ । देश भरी कोरोना भाइरसको नयाँ भेरीयन्टले आक्रान्त पारिरहेको बेला गाउँपालिकाले तयारी थालेको हो । जसअनुसार गाउपालिकामा आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू तयारी अवस्थामा राखेको गाउपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म गाउँपालिकामा बसोबास गरिरहेका र बाहिर जिल्लाबाट आएका मानिसहरूमा संक्रमण देखिएको छैन ।
यतिबेला भाईरल ज्वरोका बिरामीहरू अलिअली देखिएपनि त्यस्तो समस्या भने देखिएको छैन । पछिल्लो चरणमा जिल्ला बाहिरबाट आउनेको संख्या बढेको छ । गाउपालिकामा अहिले २५ थान एन्टीजेन किट प्राप्त भएको र लक्षण देखिएमा तत्काल परीक्षण सुरु गरिने गाउपालिका स्वास्थ्य संयोजक समिर गिरीले बताउनुभयो । कोरोना पोजेटिभ देखिएमा व्यवस्थापन र उपचारको तयारी गरिएको उहाँको भनाई छ । त्यस्तै गाउँपालिका भित्रिने नाका क्युबाङमा हेल्थडेस्क स्थापना गरिएको छ ।
१२ नम्बर वडाको प्राथमिक स्वास्थ्य चौकीमा बिरामिहरुलाई नियमित चेकजाँच सुरु गरिएको छ । साथै १२ नम्बर वडाकै पर्बत माबि कोलमा १० बेडको आईसोलेस तयार गरिएको छ । भने गाउँपालिकाको केन्द्र रहेको तक सभाहलमा २० बेडको अक्सिजन सिलिन्डर सहितको आईसोलेसन तयार पारिएको सयोजक गिरीले बताउनुभयो । अहिले जिल्लाको सिस्ने गाउँपालिका र भुमे गाउँपालिकामा कोरोना संक्रमण भेटिएको छ भने पुथाउत्तरगंगामा भने परीक्षण हुन सकेको छैन् । परीक्षण भए संक्रमण देखिन सक्ने भएकाले तयारीलाइ बढाइएको गाउँपालिकाको भनाइ छ ।