पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बागलुङ घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । बागलुङको गलकोट नगरपालिका २ भुङखानीमा भएको रुकुम पूर्वका पुथाउत्तरगंगा गाउँपालिकाको गाडी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
‘बागलुङको गलकोटमा भएको सवारी दुर्घटनामा नेकपा माओवादी केन्द्रकी नेतृ, रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगर, उहाँकी ममतामयी आमा गोपीमाया बुढा मगर र सोही पालिकाका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको निधनले स्तब्ध भएको छु । उहाँहरू प्रति हार्दिक श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु, उहाँले भन्नुभएको छ ।’ साथै उहाँले घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।।