Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण, सल्लेमा सरसफाइ 

जिल्ला अस्पताल रुकुम पश्चिममा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । सल्ले यूथ क्लबले बाल दिवस तथा विश्व प्राथमिक उपचार दिवसको अवसरमा जिल्ला अस्पतालमा उपचाररत ७३ जना बिरामीहरूलाई फलफूल वितरण गरिएको हो । एक एक वटा स्याउ, दुई दुई वटा केरा र एक एक वटा फ्रुटी वितरण गरिएको क्लबका महासचिव मोहन खड्काले जानकारी दिनुभयो । 

त्यस्तै सरसफाइ समेत गरिएको छ । जिल्ला अस्पताल परिसर हुँदै जिटिजेट डाँडासम्म सरसफाइ गरिएको खड्काले बताउनुभयो । सहभागीहरूले अस्पताल तथा बजार क्षेत्र र सडक आसपासमा जथाभाबी फालिएका फोहोर उठाएर व्यवस्थापन गरेको उहाँको भनाई छ । 

सरसफाइ तथा फलफूल वितरण कार्यक्रम जिल्ला अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारी, स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर महेश चौलागाईले उद्घाटन गर्नुभएको थियो । 

कार्यक्रममा जिल्ला अस्पतालका महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर केहलविक्रम जिसी, पशु अस्पताल तथा पशु सेवा कार्यालय शेरबहादुर खड्का, नेकपा माओवादी केन्द्रका डम्बर थापा, नेकपा एमाले मुसिकोटका उपसचिव हिमानी केसी, पशुपति मावि रातामाटाका प्रअ घनश्याम बुढाथोकी, समाजसेवीहरू झुपलाल थापा, हेमराज बोहरा, अजय बोहरा, हरिविष्णु ओली लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update