Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा २७ जना कोरोना संक्रमित थपिए 

रुकुम पश्चिममा पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल सल्ले र आठबीसकोट नगर अस्पतालमा गरिएको परीक्षणमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पतालमा २२ जनामा कोरोना परीक्षण गर्दा १७ जनामा र आठबीसकोटमा १७ जनामा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिनुभयो । जिल्लाको सानीभेरी गाउँपालिकामा भने एन्टीजेन किट सकिएका कारण परीक्षण रोकिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update