रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगामा बजार अनुगमन गरिएको छ । बजार क्षेत्रमा सञ्चालन भएका चाउमिन उद्योग तथा होटेलहरुमा आइतबार अनुमगन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीको नेतृत्वमा रुकुम उद्योग वाणिज्य संघ,उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन् ।
जिल्ला विभिन्न ६ वटा उद्योग तथा होटलहरुमा अनुगमन गर्दा ठुलो मात्रामा चाउमिन बरामद गरिएको छ । सबैभन्दा बढी एसकेस चाउमिन उद्योग बागबजारबाट ३५ किलो चाउमिन बरामद गरिएको छ । त्यस्तै रुघाँ नमुना खाजा घरबाट २१ किलो चाउमिन, दुनोट, क्रिमरोल, पाउरोटी २/२ पोकाका दरले बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार न्यु नमुना मिठाई एण्ड खाजा घरबाट ७ किलो चाउमिन र बागबजारमा रहेकाे ओली चाउमिन उद्योगबाट १६ किलो चाउमिन गरेर ७९ किलो चाउमिन बरामद गरिएको छ । सामान बरामद गरिएका ४ वटा होटेल तथा उद्योगलाई ५ हजार रुपैयाँका दरले २० हजार जरिवाना तिराएको सहायक प्रमुख जिल्ला अधिकारी रेम्मीले जानकारी दिनुभयो । उत्त हाेटेल तथा उद्याेगबाट बरामद गरिएको सामान ८ हजा ३ सय ४० रुपैयाँ बराबरको रहेको उहाँको भनाई छ ।
ति उद्याेग तथा व्यवसायिलाई विक्रिका लागि खरिद गरेका वस्तुको बील विजग व्यवस्थित गर्ने, उद्योग स्थलको सरसफाइमा ध्यान दिने, पेट्रोल तथा डिजेट व्यवसायिलाई आयल निगममा निर्धारण भए बमोजिमको मुल्यसूचि अद्यावधिक गर्ने लगायतका निर्देशन दिएको बजार अनुगमन संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी रेम्मीले जानकारी दिनुभयो । चाडपर्व नजिकिएसँगै बजारमा महंगी तथा म्याद सकिएका सामान विक्री वितरण हुने भएकाले बजार अनुगन सुरु गरिएको र थप बजार अनुगमनलाई तिव्रता दिईने बजार अनुगमन समितिले जनाएकाे छ ।
बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी रेग्मी , रुकुम उद्योग वाणिज्य संघका उपाध्यक्ष रविन्द्रकुमार विष्ट,जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठक, उद्योग तथा उपभोक्ता हित संरक्षणका प्रतिनिधी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।