Kakhara सबैको खबर सम्पूर्ण खबर
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुकुम पश्चिम कर्णालीमै उत्कृष्ट
प्रतिष्ठानका प्रदेश अध्यक्ष कार्कीबाट अध्यक्ष देवकोटा सम्मान पत्र ग्रहण गर्दै ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति रुकुम पश्चिम सम्मानित भएको छ । कर्णाली प्रदेशको छैटौं वाार्षिक साधारणसभाको अवसरमा  उत्कृष्ट कार्यसम्पादनमा  जिल्ला कार्य समिति रुकुम पश्चिम सम्मानित भएको हो । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका पुर्व केन्द्रिय उपाध्यक्ष तथा केन्द्रिय सल्लाहाकार टिकाराम चपाई र प्रदेश अध्यक्ष हरिमाया कार्कीले राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति रुकुम पश्चिमका अध्यक्ष तुल देवकोटालाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मानित गर्नुभएको हो ।

अध्यक्ष देवकोटालाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको हो । कर्णाली प्रदेशका दश जिल्ला मध्य राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति रुकुम पश्चिम कार्यसम्पादनमा उत्कृष्ट भएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला कार्यसमितिले जिल्लामा गरेका गतिविधी, गत काक्तिक १७ गते गएको भूकम्पमा देखाएको क्रियाशिलता तथा कला संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिष्ठानलाई उत्कृष्ट बनाउन योगदान पुर्याउने जिल्लाबासी र छनोट गर्ने प्रदेश समितिलाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुकुम पश्चिमले धन्यवाद ज्ञापन गरेकाे छ ।

dbb68497-88de-40d1-b7ee-2c81e5d94f61-1726402524.jpeg

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update