Kakhara सबैको खबर सम्पूर्ण खबर
जबरजस्ती करणी मुद्दामा अढाई वर्ष जेल सजाय तोकिएका युवक पक्राउ
फाइल फोटो ।

रुकुम पश्चिम प्रहरीले जबरजस्ती करणी मुद्दामा दोषी करार भएका एक युवकलाई २ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ रुघा माथि गाउँका २९ वर्षीय धुर्वबहादुर बिक भन्ने सुवर्ण कामी रहेका छन् ।

उनलाई सोमबार बिहान आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो । कामीलाई रुकुम जिल्ला अदालतले २०७९ असार११ गते जबरजस्ती करणी मुद्दामा २ वर्ष ५ महिना ७ दिनको कैद सजाय तोकेको थियो । उनी फरार थिए ।

फैसला कार्यान्वयनका क्रममा कामीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । उनलाई सोमबार नै अदालतमा उपस्थित गराइएको र अदालतले कारागार चलान गरेको प्रहरीले जनाएको छ । रुकुम पश्चिम प्रहरीले जिल्ला अदालतको फैसला कार्यान्वयनलाई जोड दिएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update