Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पूमा बृहत खेलकुद, कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव  हुने 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा असोज ११ गतेदेखि २३ गतेसम्म १४ औँ स्यार्पू बृहत खेलकुद कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ । पालिकाको वडा नम्बर ३ स्यार्पू ताल नजिकै महोत्सव आयोजना गर्न  लागिएकाे हाे । बाँफिकोट गाउँपालिको आयोजना तथा वडा युवा तथा खेलकुद समितिको सह आयोजनामा बाँफिकोट गाउँपालिका ६ मा रहेको कुसारी उन्नत बाख्रा पालन फर्म र वडा नम्बर  ३ दहमा रहेको सेपिन्स  होटेल एण्ड लजको व्यवस्थापनमा महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक मुल समारोह समितिले जनाएको छ । ‘‘जल जमिन जडिबुडी कृषि कला सांस्कृति र खेदकुद विकास मुख्य आधार, स्यार्पू ताल संरक्षण विकास हाम्रो कार्यभार’’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको महोत्सव मुल समारोहका समतिका अध्यक्ष डेनी विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार महोत्सवमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार सँगै स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहने छ ।महोत्सवमा मुख्य आकर्षकको रुपमा नायक विराज भट्ट, अभिनेता पल शाह, हास्यकलाकार धुमुस सुन्तली,  चर्तित लोक दोहोरी गायक राजु परियार, कुलेन्द्र विक, ज्योति मगर, समिक्षा अधिकारी, रामजी खाँड,  सिम्रन परियार, बद्री पगेनी, टंक तिमल्सिना, कमला धिमिरे लगायत अन्य राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । साथै महोत्सवमा भलिबल प्रतियोगिता सँगै अन्य खेलकुद प्रतियोगिता पनि सञ्चालन हुने बताएको छ ।

महोत्सवमा सुपथ मुल्यमा विभिन्न किसिमका सामग्री विक्रि वितरण हुनुका साथै स्यार्पू तालको समेत अवोकलन गर्न पाइने छ । महोत्सवमा प्रवेश शुल्क १ सय रुपैयाँ तोकिएको महोत्सव मुल समारोह समितिका अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । पर्यटन प्रवद्र्धन तथा स्यार्पू तालको प्रचारप्रसार गर्न गाउँपालिकाले हरेक वर्ष स्यार्पूमा महोत्सव आयोजना गर्दै आएको छ । 

WhatsApp-Image-2024-09-18-at-14.26.47_ef391726-1726656381.jpg

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update