रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले १० औ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी र फलफूल वितरण कार्यक्रम गरेको छ । नगरपालिकाले दिवसको अवसरमा चौरजहारी बजार क्षेत्रमा प्रभातफेरी र नगर अस्पतालमा उपचारत विरामीलाई फलफुल वितरण गरिएको हो । नगरप्रमुख पुष्प वादी लगायत नगरपालिकाको समुहले विरामीलाई अस्पतालमै पुगेर फलफुल वितरण गरेको हो ।
नेपालको संविधान जारी भएको दिनको अवसरमा प्रभातफेरी र फलफूल वितरणका साथै औपचारिक कार्यक्रम समेत गरिएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
संविधान दिवसको अवसरमा कार्यक्रममा सहभागि शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, व्यापारी, वुद्धिजीवि, सङ्घसंस्था, सुरक्षाकर्मी, पत्रकार लगायत सबैलाई नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ ।