Kakhara सबैको खबर सम्पूर्ण खबर
दोस्रो ‘जनक–सुदन’ स्मृति कप : महिला तर्फ सानीभेरी ४ ले उपाधी हात पार्यो
महिला भलिबल विजेता टिम सहित अन्य ।

दोस्रो ‘जनक–सुदन’ स्मृति कप रनिङ शिल्ड महिला भलिबलको उपाधि सानीभेरी ४ ले हात पारेको छ । रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोट १ बराहाटाकुरामा शुक्रवार भएको फाइनल खेलमा बाँफिकोट ४ लाई  पराजित गर्दै सानीभेरी ४ विजेता बनेको हो । सानीभेरी ४ ले ३-१ को सेटमा बाँफिकोट गाउँपालिका ४ लाई पराजित गरेको हो । सानीभेरी ४ सल्यानलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । भने बाँफिकोट ४ बाँफिकोट २ लाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । 

विजेता सानीभेरी ४, उपविजेता बाँफिकोट ४ बन्दा तेस्रो स्थान सल्यानले प्राप्त गरेको आयोजक रुकुम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ ।  महिला भलिबलमा ८ टिमले प्रतिस्पर्धा गरेका थिए । यस्तै पुरुष तर्फका समूह चरणका खेल जारी छन् । शिल्डमा पुरुष तर्फ रुकुम पश्चिम, रोल्पा र रुकुम पूर्वका २४ टिमको सहभागिता रहेको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बिएमले जानकारी दिनुभयो । पुरुष तर्फको विजेताले १ लाख ११ हजार रुपैयाँ नगद, शिल्ड, कप, मेडल र प्रमाणपत्र पाउँदा उप विजेताले ७१ हजार नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । 

तेस्रो हुने टिमले ४१ हजार नगद कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बुढाले जानकारी दिनुभयो । पुरुष तर्फ व्यक्तिगत इभेन्टमा उत्कृष्ट खेलाडीले ५ हजार तथा वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो र वेस्ट ब्लकरले समान ३ हजार पुरस्कार पाउने छन् । त्यस्तै महिला तर्फको विजेताले ७५ हजार, उपविजेताले ५५ हजार र तेस्रो हुनेले ३५ हजार नगद कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष बुढाको जानकारी दिनुभयो । महिला तर्फ पनि विजेताले शिल्ड प्राप्त गर्ने छ । 

महिला तर्फ व्यक्तिगत इभेन्टमा उत्कृष्ट खेलाडीले नगद ३ हजार तथा वेस्ट स्पाइकर, वेस्ट सर्भर, वेस्ट लिवेरो र वेस्ट ब्लकरले समान २ हजार पुरस्कार पाउने छन् । शिल्ड कब्जा गर्नका लागि भने लगातार तीन वर्ष शिल्ड जितेको हुनुपर्ने छ । यो वर्ष पुरुष तर्फ कर्णाली प्रदेश भित्रका वडा स्तरीय र महिला तर्फ भने खुला रहेको आयोजकले जानकारी गराएको छ । पूर्व भलिबल खेलाडी द्वय जनक शाह र सुदन श्रेष्ठको स्मृतिमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले गत वर्ष देखि ’जनक–सुदन स्मृति कप रनिङ शिल्ड भलिबल प्रतियोगिता’को आयोजना गरिरहेको छ । 

 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update