Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वका एक कोरोना संक्रमितको मृत्यु 

रुकुम पूर्वका एक कोरोना संक्रमितको मृत्यु भएको छ । सिस्ने गाउँपालिका वडा नं. ३ पोखराका ३४ वर्षिय पुरुषको जिल्ला अस्पताल रुकुम पश्चिमको आईसोलेनमा आज बिहान ३ बजेतिर मृत्यु भएको हो । आईसोलेसनमा ल्याउदा स्वास फेर्ने समस्या रहेका उनमा २ दिन पछि पखाला पनि सुरु भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । अवस्था गम्भिर भएपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी गरिएको भएपनि अवस्था थप जटिल बनेपछि अस्पतालको गेटबाट फर्काइएको थियो । उनलाई वैशाख २० गते आईसोलेसनमा ल्याइएको थियो ।
  
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update