Kakhara सबैको खबर सम्पूर्ण खबर
पुर्वमन्त्री एवम प्रतिनिधी सभा सदस्य शर्माद्धारा गाराघाट पुल उद्घाटन 
रिवन काटेर पुल उद्घाटन गर्दै पुर्वमन्त्री एवम प्रतिनिधी सभा सदस्य शर्मा ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिका जोड्ने सानीभेरी नदिमाथिको गाराघाट पुल सञ्चालनमा आएको छ । आइतबार पुर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य जनार्दन शर्र्माले पुलको उद्घाटन गर्नभएको हो । पुल उद्घाटन भएसँगै सञ्चालनमा आएको छ । प्रतिनिधी सभा सदस्य शर्माले रिवन काटेर पुलको उद्घाटन गर्नुभएको हो । पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री तथा प्रतिनिधी सभा सदस्य शर्माले वर्षौदेखि स्थानीयले समस्या भोग्दै आएकामा अव भने आवजजावतमा सहज हुने बताउनुभयो । पुलमा करोडौ रकम खर्चभएको उल्लेख गर्दै अव स्थानीयबासीले कृषिजन्य बस्तुहरु बजार पठाएर यसैबाट आर्थिक लाभ लिनुपर्ने बताउनुभयो ।

पुल निर्माण हुनु आवजतावतमा मात्र सहज नभइ स्थानीय स्तरमा उत्पादन भएको बस्तुलाई बजारिकरण गरी आर्थिक रुपमा सम्पन्न हुनेपर्ने उहाँको भनाई थियो । आर्थिक रुपममा सम्पन्न्न हुन पशुपाल तथा कृषि पेशालाई व्यवसायिक रुपमा अगाडी बढाउनुपर्ने पुर्वमन्त्री एवम प्रतिनिधी सभा सदस्य शर्माले स्थानीयबासीलाई  आग्रह समेत  गर्नुभयो । 8f807b03-363e-4ff9-8ee7-2ebe10284153-1727008582.jpeg

राप्ती लोकमार्गको थपिएको मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिका जोड्ने गाराघाट पुल निर्माणका लागि २०७३ असार ३१ गते ठेक्का लागेको थियो । ठेक्का लागेको आठ वर्षपछि पुल निर्माणको काम सम्पन्न भइ सञ्चालनमा आएको छ । पुलको डिजाइन नै फेरबदल गर्नुपर्ने अवस्थाका कारण पुल निर्माणमा ढिलाइ भएको चौरजहारी सडक डिभिजन कार्यालयका प्रमुख तेजस्वी शर्माले बताउनुभयो ।

उहाँका अनुसार सुरुमा ‘पायल फाउन्डेशन’ त्यो सम्भव नदेखिएपछि डिजाइन नै परिवर्तण गरेर ‘ओपन फाउन्डेशन’ डिजाइनमा पुल निर्माण गरिएको र कोभिडका कारणपनि पुल निर्माणमा ढिलाई भएको प्रमुख शमाले बताउनुभयो । पुल प्रि–स्टेट मोडलमा बनेको छ । 

दुर्ई वटा स्पान भएको ८० मिटर लम्बाई पुल निर्माण गर्न ९ करोड ६१ लाख ५ हजार १ सय १९ रुपैयाँ बजेट खर्च भएको छ । यसको जिम्मा नागार्जुन कन्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो । यो पुल सञ्चालन भएसँगै  आठबीसकोट नगरपालिका, बाँफिकोट गाउँपालिका तथा डोल्पा र रुकुम पूर्वतर्फ यातायातमा सहज भएको छ । 

बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठाको अध्यक्षता भएको कार्यक्रमा प्रमुख अतिथि पुर्वअर्थमन्त्री एवम प्रतिनिधी सभा सदस्य शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसी, छवटै पालिकाका प्रमुख तथा अध्यक्ष, जिल्ला समन्वय समिति उप प्रमुख देवबहादुर विक, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, सुरक्षाकर्मी, पत्रकार लगाएको उपस्थिति रहेको थियो । बाँफिकोट गाउँपालिका उपाध्यक्ष तारा वुढा केसीको स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सडक डिभिज चौरजहारीका प्रमुख तेजस्वी शर्माले गर्नुभएको थियो । 69fffa2f-e6da-4a65-a833-416209bdaae7-1727008581.jpeg

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update