पुर्वमन्त्री एवम प्रतिनिधि सभा सदस्य जर्नादन शर्मा `प्रभाकर´ ले स्थानीय तथा प्रदेश सरकारलाई बलियो बनाउने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ । आइतबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिका जोड्ने गाराघाट पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले स्थानीय तथा प्रदेश सरकारको अधिकार खोस्ने गरी नभएर थप बलियो बनाउने गरी संधिधान संसोदन गर्नुपर्ने बताउनुभएको हो । वर्तमान सरकारले संविधान संसोधन गर्ने कुरा उठाएको उल्लेख गर्दै यसमा आफुहरु सकारात्मक भएको बताउनुभयो ।
स्थानीय सरकारको अधिकार हटाउन, प्रदेश सरकार भंग गर्ने विषयमा भने संविधान संसोधनमा नहुने उहाँले स्पष्ट पार्नुभयो । नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहनुभएका शर्माले महिला, दलित तथा पिछडिएको क्षेत्रले पाएको अधिकार खुम्च्याउने गरी संविधान संशोधन भएकामा सह्य नहुने बताउनुभयो । ``स्थानीय सरकार, प्रदेश सरकारलाई थप बलियो बनाउने गरी संविधान संसोधन गर्ने हो भने हामी तयार छौँ, स्थानीय तथा प्रदेश सरकारले पुर्णरुपमा अधिकार पाएका छैनन्, बरु स्थानीय र प्रदेश सरकारलाई बलियो कसरी बनाउने भन्ने तिर सोच्न् आवश्यक छ´´ उहाँले भन्नुभयो ।
``देशलाई बलियो बनाउनको लागि मले संसदमा संविधान दिवसको अवसरमा दश वटा प्रस्ताव अघी सारेको थिए । देश निर्माणमा दशवटा प्रस्तावमा राष्ट्रिय सहमति भएमा देश बलियो बन्छ । सरकारको जुनसुकै दलले नेतृत्व गरेपनि सामाजिक न्याय, पुर्वाधार, रोजगार, उद्योग, स्वास्थ्य, शिक्षा, अनुसन्धान र भ्रष्टचार विरुद्धको शुसासन लगाएतका एजेण्डामा राष्ट्रिय सहमति गरेमा देश बलियो बन्छ । सरकारको नेतृत्व जसले गरेपनि हुन्छ । एउटै दलले बहुमत ल्याएर देश चलाउने सम्भव छैन ´´ शर्माले भन्नुयभो ।
निवर्तमान सरकारले गरेका कामको स्मरण गर्दै वर्तमान सरकारले सुशासनको क्षेत्रमा गरेका मुद्धालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । भ्रष्टचारी जोकोही भएपनि कानुन बमोजिम कारकाहि गर्नुपर्ने, निर्वमान सरकारले गरेका भ्रष्टचार विरुद्धको अभियालाई वर्तमान सरकाले निरन्तरता दिनुपर्ने प्रतिनिधि सभा सदस्य शर्माको भनाई थियो ।