Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट १० का किसानलाई आलुको बीउ वितरण 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० का किसानलाई आलुको बीउ वितरण गरिएको छ । वडामा रहेका ७७ किसानलाई आलुको बीउ वितरण गरिएको हो । कृषि विकास कार्यालय रुकुम पश्चिमको ५० प्रतिशत अनुदानमा वडामा रहेका ७७ किसानलाई ९७ क्विन्टल आलुको बीउ वितरण गरिएको वडा अध्यक्ष धनबहादुर खड्का ‘बसन्त’ले जानकारी दिनुभयो ।

उहाँका अनुसार सल्यानबाट खरिद गरेर कृषकलाई आलुको विउ वितरण गरिएको हो । सल्यानबाट खरिद गरेर ल्याएको आलुको बीउ बोरामा कुहिएको आएपछि वितरणमा समस्या भएको उहाँले बताउनुभयो । बीउको लागि ल्याएको आलु कुहिएको भेटिएपछि आलु विकास कार्र्यक्रम हेर्ने कृषि कार्यालका स्रोत व्यक्तिलाई जानकारी बनाएको वडा अध्यक्ष खड्काले  जानकारी दिनुभयो । 

कुहिएको आलु छुट्याइ तौल गरेर राख्ने र सोही  अनुसार समितिलाई जानकारी बनाएपछि कुहिएको आलुको परिमाण बराबर राम्रो आलु  किसानलाई उपलध बनाउने  विषयमा छलफल भएको उहाँले जनाकारी दिनुभयो । किसानलाई कुहिएको आलुको बीउ पठाएर बिक्रेताले  गल्ती गरेको वडा कार्यालयले जनाएको छ । 

चालु आर्थिक वर्षका लागि वडा कार्यालयलाई आलु खेती विकासको लागि कृषि विकास कार्यालय रुकुम पश्चिमले १० लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।  सोही बजेट रकमबाट आलुको बीउ खरिद गरिएको हो । आलु खेलीलाई वडामा थप विकास र व्यवस्थित गर्न वडाले आलु खेती विकास किसान समिति समेत निर्माण गरेको छ ।   460843445_514159194694803_2874503684336383983_n-1727173779.jpg

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update