राप्ती राजमार्ग अन्तरर्गत पर्ने रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ पातुखोलामा सडक निमार्णको सुरु भएको छ । सडक डिभिजन चौरजहारी मार्फत पहिरोले क्षति पुर्याएको पातुखोला- सल्ले सडक खण्ड निर्माणको काम सुरु गरिएको हो । सडक मर्मतको काम सुरु भएसँगै सोही सडक हुँदै खलंगा- सल्ले आवतजावत बन्द भएको छ ।
चार पाङग्रे देखि माथिका यातायातका सवारी साधन केही समयका लागि बन्द गरिएको बताएको छ । अन्य साना सवारी साधनहरु भने पातुखोला सहिद मैदान हुँदै गनेश चोकको बाटो भएर आवतजावत गरिररहेका छन् । सडक मर्मतको काम करिव १०/ १२ दिन लाग्ने अनुमान गरिएको छ । काम धमाधाम भइरहेकाले जतिसक्यो छिटो काम सम्पन्न गर्ने गरी काम भइरहेकाे निर्माण कम्पनीले जनाएको छ ।
ठेक्का मार्फत सडक निर्माणको काम सुरु भएको सडक डिभिजन चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार इपेरियल महतो चेतना निर्माण कम्पनीले राप्ती राजर्माग अन्तरर्गत पर्ने सल्यान र पश्चिमको सिमाना खौलादेखि सल्लेसम्म सडक मर्मतको जिम्मा लिएको छ । सोही निर्माण कम्पनीले स्टमेट अनुसार सडक भत्किएको मर्मत, नाला सरसफाई लगायतका काम गर्ने उहाँको भनाई छ ।
वर्षातको कारण गत भदौ २१ गते पहिरोले सडक सहित सडक छेउमा रहेका चार वटा घुम्ती पसल बगाएको थियो । घुम्ती पसल बगाउँदा लाखौँको क्षति भएको थियो ।