Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपाल क्रिकेट संघकाे वार्षिक साधारण सभा पोखरामा सुरु

नेपाल क्रिकेट सङ्घ क्यानको वार्षिक साधारण सभा पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले पानसमा बत्ती बालेर साधारण सभाको उद्घाटन गर्नुभयो ।

साधारण सभामा मन्त्री थापाको प्रमुख आतिथ्यता र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको विशेष आतिथ्यता रहेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा जारी कार्यक्रममा विभिन्न सरोकारवालाको समेत उपस्थिति रहेको छ ।

क्यानका सचिव पारस खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले गरिरहनुभएको छ । साधारण सभा शनिबारसम्म चल्ने छ । साधारण सभाले क्यानको आयोजनामा आगामी मङ्सिरमा हुन लागेको नेपाल प्रिमियर लिग एनपिएललाई अनुमोदन गर्ने छ ।

त्यस्तै साधारण सभाले गत वर्षको लेखा परीक्षण प्रतिवेदन अनुमोदन, वार्षिक लेखा परीक्षक नियुक्ति, २०२५ को वार्षिक कार्यक्रम तथा कार्ययाेजना र बजेट अनुमोदन गर्ने क्यानले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update