Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले दियो देवकोटाको परिवारलाई प्राणघातक रोग बापतको पाँच लाख दाबी रकम
चेक हस्तारन्तरण गरिँदै ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड  रुकुम कार्यालयले एक व्यक्तिलाई प्राणघातक दाबी रकम भुक्तानी गरेको छ । शुक्रबार कार्यालयले  जिल्लाको बाँफिकोट गाउँपालिका ३ डार्नेका साहिल देवकोटाको परिवारलाई प्राणाघातक रोग दाबी रकम भुक्तानी गरेको हो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बिमा मुसिकोटका कार्यालय प्रमुख ब्यूँझना  पुन देवकोटा र जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम केसीले संयुक्त रुपमा दुवै मिर्गौला पीडित साहिल देवकोटको श्रीमती मिना दाहाल देवकोटालाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

मिर्गौला पीडित  ३५ वर्षिय साहिलले ३ वर्ष पहिले सुपर सुरक्षित(सावधीक) विमा गर्नुभएको थियो । १६ वर्षे सुपर सुरक्षित सावधीक विमा गर्नुभएका साहिलको दुवै मिर्गौला फेल भएर विगत एक वर्षदेखि राप्ती विज्ञान प्रतिष्ठान प्रयोगशाला घोराही दाङमा डायलासिस भइरहेको परिवारले जनाएको छ । । तीन किस्ता जम्मा गर्नुभएका उहाँलाई विमाअंक बरारको ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रुकुम कार्यालय प्रमुख ब्यूँझना पुन देवकोटाले जानकारी दिनुभयो ।

अप्ठेरो अवस्थामा आर्थिक समस्याको समाधानको निम्ति पनि सवैले विना गर्नुपर्ने उहाँको बताउनुभयो । जुनसुकै समयमा जो कसैलाई जिवनमा दुर्घटना तथा प्राणघात रोग लाग्ने भएकाले समयमै विमा गर्न आवश्यक रहेको कार्यालय प्रमुख देवकोटाले भनाई थियो । 

समयमै विमा गरेर अप्ठेरो पस्थितिमा विमाबाट ठुलो सहयोग प्राप्त भएको साहिलकी श्रीमती मिनाले बताउनुभयो । विमाको महत्व नबुझेको भए यो समयमा आर्थिक जुटाउ परिवारलाई थप समस्या हुने उहाँको बताउनुभयो ।  विमाअंक बापत प्राप्त भएको रकमले श्रीमानको उपचारमा ठुलो सहयोग पुग्ने मिनाको अपेक्षा  छ । श्रीमानको उपचारमा धेरै रकम खर्च भइसकेको उहाँले बताउनुभयो । bbc8b3c8-5139-43a2-b1c3-0d5d4e8d325a-1727423589.jpeg

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update