Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पूमा बृहत खेलकुद कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ को बिचमा पर्ने स्यार्पु ताल नजिकै १४ औं बृहत खेलकुद कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको छ । शुक्रबार  कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसीले महोत्सवको उद्घाटन गर्नुभएको हो । शुक्रबाट सुरु भएको महोत्सव असोज २३ गतेसम्म सञ्चालन हुने छ । ‘‘जल जमिन जडिबुडी कृषि कला सांस्कृति र खेदकुद विकास मुख्य आधार, स्यार्पू ताल संरक्षण विकास हाम्रो कार्यभार’’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको महोत्सव मुल समारोह समतिका अध्यक्ष डेनी विश्वकर्माले जानकारी दिनुभयो ।

बाँफिकोट गाउँपालिको आयोजना तथा वडा युवा तथा खेलकुद समितिको सह –आयोजनामा बाँफिकोट गाउँपालिका वडा नम्बर  ६ मा रहेको कुसारी उन्नत बाख्रा पालन फर्म र वडा नम्बर ३ दहमा  रहेको सेपिन्स होटेल एण्ड लजको व्यवस्थापन रहेको छ ।महोत्सवमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार सँगै स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजक बाँफिकोट गाउँपालिकाले जनाएको छ । महोत्सवमा नायक विराज भट्ट, अभिनेता पल शाह, हास्यकलाकार धुमुस सुन्तली, चर्तित लोक दोहोरी गायक राजु परियार, कुलेन्द्र विक, ज्योति मगर, समिक्षा अधिकारी, रामजी खाँड, सिम्रन परियार, बद्री पगेनी, टंक तिमल्सिना, कमला धिमिरे लगायत अन्य राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ । 

त्यस्तै महोत्सवमा विभिन्न व्यापारिक स्टलहरू रहेका छन् । भने भलिबल लगायतका खेलकुद प्रतियोगिता पनि सञ्चालन हुने आयोजकले जनाएको छ । आज उद्घाटन समारोह सञ्चालन भएमा शनिबारदेखि सांस्कृतिक तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।

बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठाको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य  केसीको  प्रमुख आथित्यता रहेको थियो । त्यसै  मुसिकोट  नगरपालिका प्रमुख महेन्द्र केसी, बाँफिकोट गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी, निमित्त प्रमुख जिल्ला अधिकारी बिनोद रेग्मी, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेल, शसस्त्र प्रहरी प्रमुख मदनबहादुर धानुक,  सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, राजनीतिक दल पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

बाँफिकोट गाउँपालिकाले २०६७ सालदेखि हरेक वर्ष  स्यार्पूमा महोत्सव लगाउदै आइरहेकाे छ ।
461198609_9076721525690825_2852376059813244402_n-1727438827.jpg

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update