Kakhara सबैको खबर सम्पूर्ण खबर
कविता‌ : अन्धो‌ सरकार 

सरकार राजधानीमै बसेर
के गर्दैछ‌ कता हेर्दैछ ।
राजधानी मा बसेर राजधानी 
नदेख्ने‌ अन्धो‌ सरकार 
केही दिनपछी हेलिकप्टरबाट पनि हेर्नेछ,
फर्केर नेपाल‌ आईपुगेपछी !

बाढीमा बगेकाहरू र पहिरोमा पुरिएकाहरू देखेर 
उसको चित्त खै दुख्छ‌ दुख्दैन
एकैछिन भयपनी‌ नाटक गर्ने‌ छ
मिडियाको अगाडि नक्कलीआँशु’ धरधरी झार्नेछ
अनि मिठो‌ स्वरमा भन्ने‌ छन‌ राहत‌ जताततै‌
पठाउछौं नरम शैलीमा मिठो‌ बोलीमा यही‌ भन्नेछ ।
वक्तव्य निकालेर
’सरकार त जोडतोडका साथ काम गरिरहेको छ,!

हे ! जोखिममा रहेकाहरु हो ! आफ्नो ज्यान आफैँ जोगाउनू, 
पहिरो र बाढीबाट बच्नू ।
सरकार रमिता हरिरहेएको‌ छ 
नसक्ने तमासेहरू मोबाइलमा औँला थिच्चीरहेका छन्
पानीले ढाकेको जमिन, बाढीले बगाएका घर र मान्छे 
अनि पहिरोले पुरेका गाडी र खेत
हेरेर आनन्द लिइरहेको‌ छ सरकार
मानौं कुनै पर्दाभित्रको फिल्मको‌ दृष्यझै‌ सम्झेर रमाइरहेको छ
केहीदीनपछी‌ प्रधानमन्त्री सनक चल्नेछ
र राहतको पोको बनाउनेछन्
बचेखुचेका घरहरूमा पुग्नेछन्
बाढीले ज्यूँदो छोडेका आत्माहरुमा लागेको
खाटो बस्न आँटेको घाउ बल्झाउनेछन्
’हजुरहरुलाई आपत् परे सरकार छ नी भन्नेछन् !!

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update