Kakhara सबैको खबर सम्पूर्ण खबर
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान रुकुम पश्चिम देशकै उर्जाशिल जिल्लाको रुपमा सम्मानित 
सम्मान ग्रहण पश्चात ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान रुकुम पश्चिम देश भरबाटै उर्जाशिल जिल्लाको रुपमा सम्मानित भएको छ । २४ औं केन्द्रीय वार्षिक साधारण सभा, विधान अधिवेशन तथा विविध साँस्कृतिक समारोहको अवसरमा जिल्ला कार्यसमिति रुकुम पश्चिम उर्जाशिल जिल्लाको रुपमा सम्मानित भएको हो । असोज ११ र १२ गते पोखरामाा भएको वार्षिक साधारण सभा तथा अधिवेशको अवसरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान रुकुम पश्चिम अध्यक्ष तुल देवकोटालाई  प्रतिष्ठानका संस्थापक अध्यक्ष अमरविरही गुरुङ, पूर्व अध्यक्ष प्रजापती गराजुली, अध्यक्ष रिता थापा  लगायतले सम्मान पत्रले सम्मान गर्नुभएको हो ।

नेपालको संस्थागत विकास र सांगठनिक जिम्मेवारीलाई आत्मसात् गर्दै प्रतिष्ठानको विधि विधान, उद्देश्य र केन्द्रीय समितिले अबलम्बन गरेका नीति तथा कार्यक्रमहरुमा कटिबद्ध रहि सृजनात्मक एवं रचनात्मक कार्यहरु पुरा गर्दै संस्थाको गरिमा थप उँचो बनाउनका निम्ति इमान्दार कर्तव्य निर्वाह गरेकोमा उर्जाशिल जिल्लाको रुपमा सम्मान गरिएको प्रतिष्ठानले जनाएकाे छ ।

त्यस्तै उत्कृष्ट कार्यसम्पादन गरेकोमा कास्की जिल्ला अध्यक्ष तुलसा क्षेत्री, क्रियाशिल जिल्ला पर्वत र उत्कृष्ट विदेश शाखा कतारलाई साधारण सभा तथा विद्यान अधिवेशको अवसरमा सम्मान गरिएको हो । यस अघि पनि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान रुकुम पश्चिम कर्णाली प्रदेशमै उत्कृष्ट जिल्लाको रुपमा सम्मान  प्राप्त गरेको थियो । 

5d9d7f13-0a19-4b73-9255-768f559ed664-1727595699.jpeg

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update