Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा थप ४३ जनामा कोरोना संक्रमण

रुकुम पश्चिममा पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमित थप भएका छन् । जिल्ला अस्पताल र तीन स्थानीय तहमा ७२ जनामा गरिएको परीक्षणबाट ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

पिसिआर परीक्षणबाट चौरजहारी नगरपालिकामा १६ जना संक्रमित थपिएका हुन् । २८ जनामा परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पतालमा १५ जनामा एन्टीजेन परीक्षण गर्दा १३ जना र आठबीसकोट नगरपालिकामा १३ जनामा एन्टीजेन परीक्षण गर्दा १० जना संक्रमित थपिएको स्वास्थ्य सेवा कार्यालय जनाएको छ । 

त्यस्तै जिल्लाको त्रिवेणि गाउँपालिकामा गरिएको परीक्षणबाट ४ जनामा संक्रमण देखिएको छ । १६ जनामा एन्टीजेन परीक्षण गर्दा ४ जनाको रिपोर्ट पोजेटिभ आएको बताईएको छ । जिल्लामा नयाँ भेरियन्ट सहितको संक्रमण फैलिएपछि दैनिक दोहोरो अंकमा संक्रमितहरु थपिइरहेका छन् । जिल्लामा अहिलेसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update