Kakhara सबैको खबर सम्पूर्ण खबर
अन्तरपार्टी महिला सञ्जालको अध्यक्षमा निर्मला

अन्तरपार्टी महिला सञ्जाल रुकुम पश्चिमको अध्यक्षमा निर्मला विष्ट चयन हुनुभएको छ । शनिवार सदरमुकाममा भएको जिम्मेवारी हस्तान्तरण तथा ग्रहण कार्यक्रमबाट विष्टको अध्यक्षतामा १६ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो । प्रत्येक पार्टीबाट नेतृत्व रहने गरी हरेक १–१ वर्षमा सञ्जालको नेतृत्व चयन गर्ने गरिएको छ । जसअनुसार अबको एक वर्षका लागि नेकपा माओवादी केन्द्रकी नेतृ निर्मलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको बताइएको छ ।

जसको उपाध्यक्षमा धनमाया के.सी रावल नेपाली काँग्रेस, सचिवमा हुकुमकुमारी के.सी नेकपा (एमाले) र कोषाध्यक्षमा नेकपा एकीकृत समाजवादीका तर्फबाट दुर्गा बुढा चयन भएको अन्तरपार्टी महिला सञ्जालका पूर्व अध्यक्ष व्युझना पुन देवकोटाले जानकारी दिनुभयो । यसअघि सञ्जालको अध्यक्षमा नेकपा एमालेका तर्फबाट खीमा डाँगी रहनुभएको थियो ।

महिलाका पक्षमा काम गर्ने गरी राजनीतिक दलहरूको प्रतिनिधित्व रहने गरी अन्तरपार्टी महिला सञ्जाल स्थापना गरिएको हो । यसले महिला हिंसा न्यूनीकरण, महिलाका पक्षमा पैरवीका साथै महिला पक्षमा कानुनी उपचारका लागि समेत सघाउ पुर्‍याउँदै आएको छ ।

461675262_2304693626535979_4208265013059645996_n-copy-1727602997.jpg

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update