Kakhara सबैको खबर सम्पूर्ण खबर

पत्रकार विशाल घर्तीको परदेशीलाई देशै प्यारो छ बोलको गीत सार्वजनिक भएको छ।  गीतको शब्द, लय गायक अर्जुन बि.सिको हो भने स्वर विमला विश्वकर्मा र अर्जुन बि.सिले दिनुभएको छ । निर्देशन गजेन्द्र घर्ती मगरको गर्नुभएको हो भने कोरियोग्राफी पनि घर्ती मगरले नै गर्नुभएको छ । 

उक्त म्युजिक भिडिओको प्रमुख पात्रको रूपमा पत्रकार विशाल घर्ती मगर र करुणा पुन मगर रहनु भएको छ भने अन्य पात्रको रूपमा ओइली पुन, खड्कबहादुर पुन, श्रीधर खडका, किस्मत श्रीपालि, विक्रम थापा र जीवन बुढाथोकी रहनु भएको छ । 

परदेशमा रहेका युवा दसैँ तिहारमा घर आउन नपाउँदाको पीडा भिडिओमा देखाइएको छ । साथै श्रीमान् विदेशमा हुँदा घरमा श्रीमती घर व्यवहार सम्हालेर बस्दाको पीडालाई चित्रण गरिएको छ । 

यो गीत दसैँ तिहारलाई लक्षित गरेर बनाइएको हो भने दसैँ तिहारमा परदेशमा रहेका नेपाली घर देशमा आउन नपाउँदाको पीडालाई झल्काइएको छ । रुकुम पूर्वको दादिङ लगायत आसपासमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियो रुकुम सल्यान अफिसियल युट्युब च्यानल र जिएम पोस्ट फेसबुकबाट सार्वजनिक गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update