Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका विष्टको  झ्याप्लेखोला पहिरोमा ज्यान गयो

गत शनिबार रातित्रिभुवन राजपथअन्तर्गत  धादिङको झ्याप्लेखोलामा आएको पहिरोमा परेर रुकुम पश्चिमका एक व्यक्तिको  मृत्युु भएको खुलेको छ । जिल्लाको मुसिकोट नगरपालिका १४ लोरिवाङका ३७ वर्षीय तेजबहादुर विष्टको पहिरोमा मृत्यु भएको खुलेको हो । चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत  निकुञ्ज संरक्षणकर्मी विष्ट चितवनबाट काठमाडौं जाँदै गर्दा पहिरोमा परेर मृत्यु भएको उहाँका भतिजा यज्ञ डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभागको कामको सिलसिलामा विष्ट शुक्रबार राति चितवनदेखि काठमाडौको लागि हिड्नु भएको थियो । विष्ट शनिबार बिहानदेखि सम्पर्कमा नआएपछी  पहिरोमा परेको आशंका गरिएको थियो । खोजिकार्य गर्दा उहाँको शव  सोमबार दिउँसो झ्याप्लेखोलामा पहिरोमा फेला परेको हो ।

विगत ६ वर्षदेखि विष्ट चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत हुनुहुन्थ्यो ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update