Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीको मनकाेटमा भलिबल, सटफुट र लोकनृत्य प्रतियोगिता आयोजना

रुकुम पश्चिमको चौरजहारी नगरपालिका –४ मनकाेटमा लाग्दै आएको परम्परागत औँसी मेलामा विविध खेलकुद तथा सांस्कृतिक प्रतियोगिता आयोजना गरिएको छ । मेलाको अवसरमा भलिबल, सटफुट (छेलो) र लोकनृत्य प्रतियोगिता आयोजना गरिएको मेला आयोजक समितिले जानकारी दिएको छ । आयोजक समितिका अध्यक्ष रेसम क्षेत्रीका अनुसार प्रतियोगिता असोज १४ गते उद्घाटन हुनेछ भने असोज १६ गतेसम्म सञ्चालन हुने छ । यस बिचमा मेलामा स्थानीय नाचगान तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू समेत राखिने अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।  

खुला वडा स्तरीय भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई ५० हजार, ३० हजार र २० हजार पुरस्कार राखिएको छ भने टिम दर्ताका लागि पाँच हजार रुपियाँ तोकिएको छ । त्यसै गरी छेलो हान्ने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान ल्याउनेलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ । छेलो प्रतियोगिताका लागि एक सय रुपियाँ दर्ता शुल्क तोकिएको छ । लोकनृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान ल्याउनेलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपियाँ पुरस्कार राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update