Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमको नयाँ सिडिओको रुपमा जिसी हाजिर 
प्रजिअ जिसी ।

रुकुम पश्चिमको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा कुलबहादुर जिसी आउनुभएको छ । नयाँ प्रजिअको रुपमा सोमबारबाट जिसी  हाजिर हुनुभएको हो ।  उहाँलाई सोमबार जिल्ला सुरक्षा समितिका पदाधिकारी, जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले स्वागत गरेका थिए ।

जिसी गृह मन्त्रालयबाट सरुवा भएर आउनुभएको हो । यस अघी जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा रहनुभएका प्रमुख जिल्ला अधिकारी  हरिप्रसाद पन्त गत बुधबारनै सरुवा भएर भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय सिहंदरबार काठमाडौ  सरुवा भएर गइ सक्नुभएको छ ।

उहाँले करिव जिल्लामा २० महिना कार्यरत रहेर काम गर्नुभएको थियो । 

 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update