Kakhara सबैको खबर सम्पूर्ण खबर
६ वटा विद्यालयका चार सय ५८ विद्यार्थीलाई निःशुल्क पोशाक वितरण 
पोशाक वितरण गर्दै वडा अध्यक्ष खड्का ।

रुकुम पश्चिममा सामुदायिक विद्यालयका चार सय ५८ जना विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक वितरण गरिएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १३ ले वडामा रहेका चारवटा आधारभूत र २ वटा माध्यामिक विद्यालयमा अध्यरनरत चार सय ५८ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको हो । 

वडा कार्यालयको आर्थिक सहयोगमा वडा भित्र रहेका सामुदायिक विद्यालयमा अध्यनरत बालविकास देखि कक्षा ५ सम्म अध्यनरत सम्र्पूण विद्यार्थीलाई विद्यालय पोशाक निःशुल्क वितरण गरिएको वडा अध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र विद्यालय पोशाकमा वडाभरका सामुदायिक विद्यालयमा एकरुपता ल्याउन पोशाक वितरण गरिएको हो । 461831584_122138510006290386_1656750747812496382_n-1727768950.jpg

स्वरस्वती आधारभूत विद्यालय काउलेचौरमा अध्यनरत ५८, नेपाल राष्ट्रिय आधारभूत विद्यालय डाँडाछिवाङमा अध्यनरत ७५, जनप्रीय आधारभूत विद्यालयमा अध्यनरत २५ जना विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक विततर गरिएको छ । त्यस्तै जनज्योति आधारभूत विद्यालय लामाडाँडामा अध्यनरत २२, प्रभात माध्यामिक विद्यालय दोपाइमा अध्यरत १ सय ३४ र महेन्द्र माध्यामिक विद्याय चोैतारामा अध्यनरत  १ सय २३ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको वडा अध्यक्ष खड्काले जानाकारी दिनुभयो ।
 
प्रभात मावि दोपाइमा अध्यनरत २१ जना गरिव तथा अति विपन्न माध्यामिक तहका विद्यार्थीलाई पनि पोशाक वितरण गरिएको छ । केहि दिन भित्र मावि तहमा अध्यनरत महेन्द्र मावि चौताराका १५ जना गरिव तथा अति विपन्न विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक वितरण गरिने वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । 

विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक वितरण गर्न वडाले चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ विनियोजन गरेका थियो । वडाले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेकाले शैक्षिक सुधारको निम्ति समय समयमा विद्यालय अनुगमन, विद्यालय तथा विद्यार्थीको अवस्था बुझ्ने लगायतका काम गरिरहेको वडाले जनाएको छ । 

461790557_122138510198290386_5927155338258276874_n-1727768951.jpg

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update