Kakhara सबैको खबर सम्पूर्ण खबर
पूर्व विव्यस अध्यक्ष खड्काद्वारा १० हजारका खेल सामग्री सहयोग
खेल सामग्री हस्तान्तरण गर्दै विव्यसका पूर्व अध्यक्ष नरबहादुर खड्का ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ मा रहेको महाकाली माविका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नरबहादुर खड्काले १० हजार बराबरका खेल सामग्री सहयोग गर्नुभएको छ । मंगलबार र बुधवार मुसिकोट १ को सरस्वती माविमा शिक्षकहरूका बिचमा हुने मैत्रीपूर्ण भलिबलका लागि खड्काले खेल पोसाक सहितका खेल सामग्री सहयोग गर्नुभएको हो ।

खड्काबाट प्रतियोगितामा विद्यालयको तर्फबाट सहभागी हुने शिक्षकहरूका लागि सामग्री प्राप्त भएको शिक्षक जयबहादुर ओलीले जानकारी दिनुभयो । खेल पोसाक सहितका सामग्री सहयोग गर्ने विव्यसका पूर्व अध्यक्ष खड्कालाई विद्यालयले धन्यवाद दिएको छ । खेलकुदमा खेल पोसाक सामग्री निकै महत्त्वपूर्ण हुने भएकोले सकेको सहयोग गरेको खड्काले बताउनुभयो । प्रतियोगिता मङ्गलवार बिहान सरस्वती मावि सल्लेमा उद्घाटन भइसकेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update