Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णालीकाे लगातार दाेस्राे जीत

कर्णाली यसभिसले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा लगातार दोस्रो जीत दर्ता गरेको छ । मङ्गलवार भएको खेलमा गण्डकी थन्डर्सलाई ३-२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै कर्णालीले लगातार दोस्रो जित निकालेको हो । यो सँगै कर्णालीले लिगको उपाधि दाबेदारी प्रस्तुत गरेको छ ।

कर्णालीको टिम निकै सन्तुलित देखिएको छ । कर्णालीको मार्की खेलाडीमा सुमित्रा रेग्मी रहेकी छिन । कर्णालीले आफ्नो पहिलो खेलमा सोमबार मधेस युनाइटेडलाई ३-१ को सेटमा पराजित गर्दै लिगको सुरुवात गरेको थियो । लिगमा सहभागी टिमले एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्ने छन् भने उत्कृष्ट २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update