Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्नेकी २० बर्सिया सुत्केरीलाई हेलिकोप्टरबाट उद्धार 

रुकुम पूर्वको सिस्ने गाउँपालिका १ की सुत्केरीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । २० बर्सिया रेजिना बुढाले मङ्गलवार बिहान करिब ८ः४० मा सिस्ने स्वास्थ्य चौकीमा छाेरालाई जन्म दिनुभएको थियो । तर साल झर्न समस्या भएपछि उहाँलाई हेलिकोप्टर मार्फत उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

सिस्ने गाउँपालिका वडा नम्बर १, सिस्ने गाउँपालिका र जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको पहलमा करिब ७ घण्टापछि हेलिकप्टर मार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत बुढालाई उद्धार गरिएको हो । यो कार्यक्रमबाट जोखिममा रहेका दुर्गमका गर्भवती, सुत्केरी तथा नवजात शिशुको उद्धार गर्ने गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update