Kakhara सबैको खबर सम्पूर्ण खबर
कोलबोटमा असोज २० गतेदेखि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने 
फाइल फोटो ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ९ लिंगुरमा रहेको समाज रपान्तरण युवा समुहले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । विजया दशमी तथा शुभदिपावलीको अवसरमा समाज रुपान्तरण युवा समुहले वडाको कोलबोट खेलमैदानमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरको हो । असोज २० गतेदेखि २४ गतेसम्म संचालन हुने गरी वडा स्तरिय पुरुष भलिबल, लोकदोहोरी, एकल नृत्यृ, भाले तान्ने, घैँटो फोर र महिला रस्साकस्सी  प्रतियोगिता आयोजना गरिएको समाज रुपान्तरण युवा समुहका अध्यक्ष सर्वजित खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार भलिवल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समुहलाई ३० हजार नगदसहित कप मेडल र प्रमाणपत्र, दोस्रो स्थान प्राप्त गर्ने समुहलाई २० हजार नगद सहित कप मेडल प्रमाणपत्र र तेस्रो स्थान हासिल गर्ने समुहले  १० हजार नगदसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । दर्ता शुल्क ३ हजार रुपैयाँ रहेको छ । भलिवल खुला वडा स्तरिय आयोजना गरिएको  उहाँले जानकारी दिनुभयाे  । त्यस्तै लोकदोहोरी, महिला रस्साकस्सी र एकल नृत्यृमा स्थान प्राप्त गर्नेलाई समान प्रथम स्थान प्राप्त गर्नेलाई २ हजार, दोस्रो स्थान प्राप्त गर्नेलाई १ हजार ५ सय र तेस्रो स्थान प्राप्त गर्नेलाई १ हजार पुरस्कार सहित प्रमाणपत्रको व्यवस्था गरिएको छ । दर्ता शुल्क पनि समान २ सय रहेको छ । 

त्यसैगरी भाले तान्ने प्रतियोगितामा विजेता हुनेलाई  २ हजार ५ सय रुपैयाँ बराबरको रातो भाले र घैँटौ फोर प्रतियोगिताको विजेतालाई १ हजार रुपैयाँ सहित प्रमाणपत्रको व्यवस्था गरिएको समाज रपान्तरण युवा समुहका अध्यक्ष खड्काले जानकारी दिनुभयो । मेला उद्घाटनको समयमा  लोपोन्मुख संस्कृतिहरु मयूर नाच, पैसेरु नाच, सिँगारु नाच, आमा समूहको नाच प्रर्दशन गरिनुका साथै उचित पुरस्कारको सहित प्रमाणपत्रको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update