Kakhara सबैको खबर सम्पूर्ण खबर
मलेसियामा ज्यान गुमाएका इन्द्रको परिवारलाई १४ लाख मृत्यु दाबी रकम हस्तान्तरण 

नेपाल लाइफ इन्स्योरेन्स मुसिकोट उपशाखाले वैदेशिक रोजगारीमा ज्यान गुमाएका एक व्यक्तिका परिवारलाई मृत्यु दाबी रकम प्रदान गरेको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ९ का इन्द्रबहादुर केसीको परिवारलाई मृत्यु दाबी रकम प्रदान गरिएको हो । इन्द्रको वैदेशिक रोजगारीको सिलसिलामा मेलेसियामा मृत्यु भएको थियो । उहाँले वैदेशिक रोजगारी म्यादी बिमा गर्नुभएको थियो ।

१० लाखको बिमा गरेकामा उक्त बिमा बापतको १४ लाख दाबी रकम बुधवार इन्द्रकी श्रीमती कमला बस्नेत केसीलाई हस्तान्तरण गरिएको नेपाल लाइफ इन्स्योरेन्सका कर्मचारी खीमप्रकाश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२२ मा बिमा गरेकामा इन्द्रले प्रतिवर्ष ३ हजार ७ सय ८ रुपैयाँका दरले २ किस्ता बुझाउनुभएको थियो । बुधवार एक कार्यक्रमका बिच मृत्यु दाबी रकम हस्तान्तरण गरिएको हो ।

नेपाल लाइफ इन्स्योरेन्स मुसिकोट शाखाका प्रमुख हरिबहादुर बोहराले इन्द्रकी श्रीमती कमलालाई बिमा दाबी रकम हस्तान्तरण गर्नुभएको हो । १४ लाखको चेक हस्तान्तरण गरिएको र पैसा भने बैङ्क खातामा गएको बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update