Kakhara सबैको खबर सम्पूर्ण खबर
पत्रकार महासंघ रुकुम पश्चिमद्धारा दशैं तिहार तथा छठ पर्वको शुभकामना आदान -प्रदान 

पत्रकार महासंघ रुकुम पश्चिमले विजया दशमी शुभ दीपावली तथा छठ पर्वको असरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बिहीबार जिल्ला सदरमुकाम खलङ्गामा जनप्रतिनिधि, राजनीतिक दल, सरकारी तथा गैर सरकारी सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू सँग महासङ्घले शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले सम्पूर्ण रुकुमेली जनतालाई दसैँ, तिहार तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुका साथै अरूको देखासिकी भन्दा आफ्नो क्षमता अनुसार चाडबाड मनाउन आग्रह गर्नुभयो ।

दसैँ तिहार जस्ता महान् चाडपर्व आइरहेका बेला भूकम्प पीडित नागरिकलाई भने दसैँ पर्वले छुन नसकेको उहाँले बताउनुभयो । पीडितको निम्ति आफूले सरकारसँग पहिलो किस्ता, दोस्रो किस्ता र पुनर्निर्माण सम्बन्धी छलफल भइरहेको बताउनुभयो । समग्र विकासको निम्ति निष्पक्ष रूपमा काम गर्न समेत जिल्लास्थित सरोकारवाला सबैलाई राष्ट्रिय सभा सदस्य रोकायले आग्रह गर्नुभयो । 
त्यस्तै कार्यक्रमका विषेश अतिथि जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख देवबहादुर विकले दसैँ तिहार तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै चाडपर्वमा हुने मूल्यवृद्धि, सुरक्षा सतर्कतामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । भूकम्प गएको एक वर्ष पुग्न लाग्दा समेत केही पीडितले पहिलो किस्ता नपाउनु सरकारको कमजोरी भएको उल्लेख गर्दै दसैँ तिहारको बेला सयले गर्दा भूकम्प पीडित थप समस्या परेको कार्यवाहक समन्वय प्रमुख विकको भनाई थियो । 

दसैँ तिहार जस्ता चाडबाड मनाउने भन्दा पनि भूकम्प पीडितलाई पहिलो किस्ता र दोस्रो किस्ता कसरी प्राप्त गर्ने भन्ने चिन्ता रहेको मुसिकोट नगर प्रमुख महेन्द्र केसीले बताउनुभयो । पीडितले अस्थायी आवास निर्माण गरिसकेको अवस्थामा केहीले पहिलो र केहीले दोस्रो किस्ता नपाएको अवस्थामा ऋण लिएर सामग्री खरिद गरेको ल्याएर सरकारले समयमै रकम नदिँदा भूकम्प पीडितलाई चाडपर्व मनाउन थप समस्या भएको उहाँले बताउनुभयो । भूकम्प पीडितको अवस्था  भए पनि आफ्नो क्षमता अनुसार दसैँ तिहार मनाउन नगर प्रमुख केसीले आग्रह गर्नुभयो । 

त्यस्तै शुभकामना आदानप्रदान गर्दै प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले जिल्ला आएको थोरै समय भएको उल्लेख गर्दै दसैँ तिहार जस्ता चाडपर्वहरूमा जिल्लामा हुने शान्ति सुरक्षा कायम,  चाडपर्व लक्षित बजार अनुगमन लगायतका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । जिल्लावासीलाई अनुभूत हुने गरी काम गर्ने प्रजिअ जिसीको भनाई थियो । 

शुभकामना आदानप्रदान कार्यक्रममा मुसिकोट नगर उपप्रमुख विमलकुमार पुन, नेपाली काँग्रेसका जिल्ला सह सचिव यज्ञ विष्ट, नेकपा एमाले जिल्ला अध्यक्ष नन्दराम देवकोटा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिन लगायत सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार सङ्घ सङ्गठनका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना राखेका थिए ।

पत्रकार महासंघ जिल्ला अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रमको सञ्चालन सचिव हिरा परियारले गर्नुभएको थियो । 

461751028_522557633803456_6852917284500033989_n-1727947742.jpg

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update