Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा आजदेखि शनिबारसम्म विद्युत अनियमित हुने
फाइल फाेटाे ।

रुकुम पश्चिममा तीन दिनसम्म विद्युत अनियमित हुने भएको छ । बिहिबारबाट शनिबारसम्म जिल्लामा तीन दिन विद्युत अनियमित हुने भएको हो । विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम पश्चिमले सामाजिक सञ्जाल फेसवुक मार्फत विद्युत तीन दिनसम्म अनियमित हुने जानकारी बनाएको छ ।

सल्यानको बागचौर शवस्टेसनदेखि रुकुम पश्चिम वितरण केन्द्र ३३ केभी धैरेनीचौर शवस्टेसन प्रशारण लाईनसम्म रुखका हाँगा विङगा कटान गर्नुपर्ने भएकाले विहान ८ बजेदेखि साँझ ६ बजेसम्म विद्युत अनियमति हुने जनाएको हो ।

विद्युत अनियमितको समयमा राप्ती  हाईड्रोबाट विद्युत सेवा सुचारु हुने बताएपनि आज विहानदेखि साँझसम्म जिल्लामा विद्युत सेवा अवरूद्ध छ । विद्युत मर्मतको काम मौसम प्रतिकुलका कारण केही ढिलाे हुन सक्ने पनि विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम पश्चिमले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update